फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् २०२० मा चीनको गरिबी निवारण कार्य गम्भीर विपन्न क्षेत्रमा देखापरेका समस्यामा केन्द्रित

(GMT+08:00) 2020-01-20 19:33:15
सन् २०२० चीनको गरिबी निवारण कार्यको अन्तिम वर्ष हो। चीनले गम्भीर विपन्न क्षेत्रका सामु देखापरेका समस्याको समाधान गर्न विविध कदम चाल्ने भएको छ जसले गरिबी अवस्थाबाट मुक्त जनसंख्यालाई फेरि विपन्नावस्थामा भासिनबाट जोगाउन सकियोस्।

गरिबी निवारण सम्बन्धी मुख्य अधिकृत, राज्य परिषद अन्तर्गत गरिबी निवारण कार्यालयका प्रमुख लिउ युङ फुले सन् २०२० मा गरिबी निवारण कार्यको निर्णायक लक्ष्य पूरा गर्न प्रत्याभूति दिनुपर्ने, उद्योगबाट गरिबी निवारण, रोजगारीबाट गरिबी निवारण, अन्यत्र स्थानान्तरणमार्फत् गरिबी निवारण, बौद्धिक शक्तिबाट गरिबी निवारण लगायत कार्य धुमधामसँग गर्नुपर्ने बताउनुभयो।

गरिबीको अवस्थाबाट मुक्त नभएका जनसंख्या कम रहेको र तिनीहरु मुख्य गरी गम्भिर विपन्न क्षेत्रमा बसोबासरत रहेको विचार केही विशेषज्ञहरूले गरेका छन्। चीनको गरिबी निवारणको लक्ष्य सन् २०२० सम्म ग्रामीण क्षेत्रका सम्पूर्ण जनसंख्यालाई गरिबीको अवस्थाबाट मुक्त गराउनु रहेको छ।

जानकारी तथा लेखहरु