फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिनफिङद्बारा युन नानमा तैनाथ सैन्य फौजको निरीक्षण

(GMT+08:00) 2020-01-20 19:54:23

चिनियाँ परम्परागत वसन्त चाड नजिकिंदै आएको परिप्रेक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले १९ र २० तारिख युन नानमा तैनाथ सैन्य फौजको निरीक्षण गर्दै सैन्य अधिकृत र सिपाहींहरूको हेरचाह गर्नुभएको छ। त्यस क्रममा उहाँले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति र केन्द्रीय सैन्य आयोगको तर्फबाट समस्त जन मुक्ति सेनाका निर्देशक र सिपाहीं, सशस्त्र प्रहरी फौजका अधिकृत र सिपाहीं र छापामार तयारी फौजका व्यक्तिहरूलाई हार्दिक अभिवादन र वसन्त चाडको शुभकामना पनि दिनुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

चालु वर्ष चीनका लागि सम्पूर्ण रुपमा सम्पन्न समाजको निर्माण गर्ने र गरिबी तथा कठिन अवस्थाबाट मुक्त हुने महत्वपूर्ण वर्ष हो भन्दै राष्ट्राध्यक्ष सीले यस वर्ष चिनियाँ सेनाले राष्ट्रिय प्रतिरक्षा र सेना फौजको निर्माण सम्बन्धी सन् २०२० वार्षिक लक्ष्यलाई साकार तुल्याउने वर्ष पनि हो भन्ने कुरामा जोड दिनुभएको छ। नयाँ युगको सैनिक रणनैतिक कार्यनीतिलाई व्यवहारमा उतार्नुका साथै राजनीतिक तवरले सेनाको निर्माण गर्ने, सुधारमार्फत सेनालाई बलियो बनाउने, विज्ञान-प्रविधिमार्फत सेनालाई सशक्त पार्ने, दक्ष जनशक्तिद्बारा सेनालाई सबल पार्ने र कानून बमोजिम सेनाको सञ्चालन गर्ने कुरा पनि उहाँले पुनर्पुष्टी गर्नुभएको छ।

जानकारी तथा लेखहरु