फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल–भारत एकीकृत जाँच भन्सार विन्दुको दुवै देशका प्रधानमन्त्रीमार्फत उद्घाटन

(GMT+08:00) 2020-01-21 17:56:27
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसै वर्ष नेपालको भ्रमण गर्ने बताउनुभएको छ। मंगलबार विराटनगरमा निर्माण भएको एकीकृत भन्सार चौकी (आईसीपी) भिडियो कन्फरेन्समार्फत संयुक्त रुपमा उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले नेपाल भ्रमणको कार्यक्रम बनाइरहेको बताउनुभयो।

उहाँले भन्नुभयो, 'यसै वर्ष नेपाल भ्रमण गर्ने कार्यक्रम बनाएको छ। नेपाली जनताको दर्शन गर्ने अवसर फेरि पाउनेछु।' उहाँले सम्बोधनको सुरुवात र अन्त्य भने नेपाली भाषामा गर्नुभएको थियो। मन्तव्यको अन्तिममा उहाँले भन्नुभयो, 'अन्तमा तपाईहरु सबैलाई धेरै शुभकामना दिन्छु, फेरि भेट होला, नमस्कार।'

उहाँले नेपालको भूकम्पपछिको पुनर्निमाणमा नेपालसँग हातमा हात मिलाएर अगाडि बढेको बताउनुभयो। यसअधि सम्बोधन गर्ने क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको थियो। नेपालखबर अनलाइनका अनुसार मोदी दोस्रोपटक प्रधानमन्त्री निर्वाचित भएपछि नेपाल भ्रमणमा आउनुभएको छैन। पहिलो कार्यकालमा भने उहाँ चार पटक नेपाल भ्रमणमा आउनुभएको थियो।

मोरङको बुधनगरमा निर्माण सम्पन्न भएको नेपाल–भारत एकीकृत जाँच भन्सार विन्दु (आईसीपी) को आज दुवै देशका प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेका हुन्। अनलाइनखबरले जनाएअनुसार प्रधानमन्त्री ओलीले सिंहदरबारबाट र भारतीय प्रधानमन्त्री मोदीले नयाँदिल्लीबाट संयुक्त रूपमा आईसीपीको उद्घाटन गरेका हुन्।

आयात तथा निर्यात पारवहन सहज बनाउन विराटनगर महानगरपालिका –१८ मा आईसीपी निर्माण गरिएको हो। आईसिपी सञ्चालनसँगै आयात–निर्यात सहज हुने ठानिएको छ। आईसीपी निर्माणका लागि दिनेशचन्द्र एन्ड आर अग्रवाल इन्फा डटकम अहमदावादलाई भारतले ठेक्का दिएको थियो। सम्झौताअनुसार, उसले भवन, पार्किङस्थल, जाँच पोष्टसहितका संरचना निर्माण गरेको छ। नेपालतर्फ ८ सय ५० मिटर लम्बाइ र ५ सय मिटर चौडाइमा फैलिएको आईसीपी १२९ बिघा क्षेत्रफलमा फैलिएको छ।

यसमध्ये ४० विघामा ४३२० मिटर लामो चार लेनको कालोपत्रे सडक निर्माणको गरिएको छ। लिंकरोडलाई व्यापारिक मार्ग रानीदेखि धरानसम्मको ४९ किलोमिटरको उत्तर/दक्षिणी राजमार्गसँग जोडिएको छ।

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय मोरङले गत २९ मंसिरमै नेपालतर्फ निर्माण हुने आईसीपीका लागि आवश्यक जग्गा भारतीय पक्षलाई हस्तान्तर गरेको हो। निर्माण कार्य सन् २०१७ फेब्रोअरी १ देखि सुरु भएको थियो।

जानकारी तथा लेखहरु