फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतबाट रेल उपकरण करीब २० दिनमा नेपाल भित्रिने

(GMT+08:00) 2020-01-21 17:57:08
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि ल्याउन लागिएको रेल सेट झण्डै १० दिनपछि त्यहाँबाट हिँड्ने भएको छ। भारतबाट हिँडेको झण्डै १० दिनमा नेपाल आइपुग्ने रेल विभागले जनाएको छ।

यहाँ आइपुग्नासाथ सञ्चालनको तयारी अघि बढ्ने विभागका महानिर्देशक बलराम मिश्रले बताउनुभयो। फागुनसम्ममा रेल सञ्चालन गर्ने गरी तयारी अघि बढिरहेको उहाँको भनाइ छ। केही समय पहिले नै रेलमार्ग सम्पन्न भएको थियो। सरकारले भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरीद प्रक्रिया अघि बढाएको छ। सो रेल सेट आइपुगेको केही समयपछि सञ्चालन गर्न सकिनेछ। दुईवटा सेट खरीद गर्न लागिएकामा पहिलो सेट आइपुगेको केही समयपछि अर्को आइपुग्ने उहाँको भनाइ छ। 'सेट आइपछि नै सञ्चालनको तयारी हुनेछ,' उहाँले भन्नुभयो।

सरकारले अहिले दुईवटा सेट खरीद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन्। यी दुई सेटको क्षमता एक हजार दुई सयसम्म यात्रु बोक्ने रहेको जानकारी उहाँले दिनुभयो। भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरू भौतिक पूर्वाधार निर्माण भइसकेको छ। यस क्षेत्रमा रेल लाइन तथा रेल्वे स्टेसन तयार भइसकेको उहाँले जानकारी दिनुभएको नागरिकन्यूज डटकमले जनाएको छ।

जानकारी तथा लेखहरु