फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

परराष्ट्रमन्त्रीले बंगलादेशको तीन–दिने भ्रमण गर्ने

(GMT+08:00) 2020-01-23 19:22:14
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले फागुन ५ देखि ७ गतेसम्म बंगलादेशको तीन–दिने भ्रमण गर्ने हुनुभएको छ। सो भ्रमणका बेला दुई देशबीच व्यापार, पारवहन र कनेक्टिभिटीका विषयमा छलफल हुनेछ। ज्ञवाली बंगलादेशी समकक्षी डा. ए.के. अब्दुल ममेनको निमन्त्रणामा जान लाग्नुभएको हो।

'परराष्ट्रमन्त्रीको भ्रमणका बेला नेपाल, भारत र बंगलादेशबीचको त्रिदेशीय विद्युत प्रसारण लाइनसम्बन्धी छलफल एक महत्वपूर्ण एजेण्डाको रुपमा रहेको छ,' परराष्ट्रमन्त्रीको सो भ्रमणबारे जानकार स्रोतले भन्यो। ३० किमीभन्दा कम दुरीले छुट्टिएका यी दुई दक्षिण एसियाली मुलुक नेपाल र बंगलादेशबीच अपेक्षाकृत व्यापार तथा अन्य गतिबिधि हुन सकेको छैन।

केहिवर्ष पहिलेसम्म बंगलादेशसँग व्यापार नाफामा रहेको नेपालले पछिल्ला चार–पाँच वर्षदेखि निरन्तर बढ्दो व्यापार घाटा व्यहोरिरहेको छ।

केहि समययता बंगलादेशले नेपालमा निर्माणाधिन केहि ठूला जलविद्युत परियोजनाहरुबाट उत्पादित विजुली किन्ने तत्परता देखाउँदै आएको छ। त्यसका लागि विभिन्न चरणमा नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय वार्ता भइरहेको छ।

नेपालखबर अनलाइनका अनुसार सन् १९७२ अप्रिल ८ मा द्विपक्षीय सम्बन्ध स्थापित भएयता नेपाल र बंगलादेशबीच अत्यन्त मित्रतापूर्ण सम्बन्ध रहँदै आएको छ। बंगलादेश छुट्टै स्वतन्त्र राष्ट्र बनेपछि उसलाई मान्यता दिने नेपाल सातौँ मुलुक हो।

जानकारी तथा लेखहरु