फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारीको रोकथाम तथा नियन्त्रण नै चीनको ठूलो परीक्षा ‌

(GMT+08:00) 2020-01-27 16:31:12

     जनवरी २७ तारिख चिनियाँ परम्परागत नव वर्ष अर्थात् वसन्त चाडको तेस्रो दिन हो तर चिनियाँहरू कोरिना भाइरस महामारीको लडाइमा रहेका छन्। विशेष गरी विश्वमा सबभन्दा ठूलो मात्राको मानव आवतजावतको रूपमा मानिएको वसन्त चाडको यात्रा भीड हुँदा यत्रो ठूलो सार्वजनिक स्वास्थ्य सुरक्षा गतिबिधिको सामना गर्ने अत्यावश्यकता र जटिलता नै विश्वभरि दुर्लभ देखिन्छ। सार्वजनिक सुरक्षा संकटको सामना गर्ने र राष्ट्रिय प्रशासन गर्ने चीनको क्षमतासमक्ष एक ठूलो परीक्षा देखिएको छ।

     महामारी छिटै फैलिँदा चीनले तत्काल प्रतिकृया दिइरहेको छ: चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले महामारी प्रतिरोध कार्य नेतृत्व दलको गठन गरेको छ र सरकारले वसन्त चाडको बिदालाई लम्ब्याउने निर्णय गरेको छ। त्यसैगरी राष्ट्रिय स्वास्थ्य समितिले प्रतिदिन पत्रकार सम्मेलनको आयोजना गरी महामारी अवस्थाबारे जानकारी दिएको छ। अरू बढी उद्धारकर्ता र सामग्री हु पैमा पुर्‍याइएको छ र उ हानमा अस्थायी अस्पताल निर्माण गरिएको छ। चीनको महामारीलाई लचिलो तथा कुशल नीतिमार्फत रोकथाम तथा नियन्त्रण गरिरहेको छ।

     यसका साथै चीन सरकारले खुला तथा पारदर्शी नीतिको आधारमा समयमै सम्बन्धित सूचना दिइरहेको छ। यसबाहेक चीनले विश्व स्वास्थ्य संगठनलाई महामारी अवस्थाको समयमै बुझाउनुका साथै प्राविधिक सूचनाको शेयर गरेको छ। विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसुसले चीन सरकारलाई धन्यवाद दिई त्यसबाट विश्व स्वास्थ्य क्षेत्रमा चीनको नेतृत्व भूमिका देखिएको व्यक्त गर्नुका साथै महामारीको सामना गर्न चीनको खुला तथा पारदर्शी, तथ्याङ्क आदानप्रदान र चाँडो प्रतिकृयामा उच्च प्रशंसा गर्नुभएको छ।

     सन् २००३ मा सार्सको सामना गरेपछि स्थापना भएको आकस्मिक संक्रामक रोगको रोकथाम तथा नियन्त्रण प्रणालीको आधारमा आकस्मिक सार्वजनिक स्वास्थ्य गतिबिधिको सामना गर्ने तथा प्रशासन गर्ने चीनको क्षमता स्पष्ट रूपमा उकासिएको छ। अन्तर्राष्ट्रिय प्रसिद्ध चिकित्सा पत्रिका द लानसेन्टले शंकास्पद रोगी र त्यससँग सम्पर्क गर्नेलाई अलग राख्ने, निदान र उपचार उपायको तयार गर्ने, सार्वजनिक प्रचार तथा शिक्षा कार्यक्रमको चलाउने आदि विषबाट हेर्दा चीनको प्रतिकृया कदमहरू अन्तर्राष्ट्रिय मापदण्डसँग मिल्दैछ भन्ने कुरा भनेको छ।

     हाल महामारीको ठूलो परीक्षा भइरहेको छ, वर्तमान अवस्था पनि गम्भीर अझै छ। कोरिना भाइरस नयाँ रोग भएकोले त्यससम्बन्धी मानवजातिको बुझाइ सिमित छ, भाइरसको संभावित परिवर्तनबारे पनि थाहा भएन। तर जनताको जीवन र स्वास्थ्यको विषयसमक्ष चीनको कुनै पनि रिट्रीट मार्ग छैन। हामीले कडा प्रतिरोध गरी तत्काल अवस्थाको आधार नीतिको संशोधन गरेर राम्रोसँग परीक्षा लिनेछ।

जानकारी तथा लेखहरु