फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका लागि चिनियाँ राजदूतद्वारा नवनिर्वाचित सभामुखसँग भेट

(GMT+08:00) 2020-01-28 14:45:10

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालको प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्नि सापकोटासँग भेटवार्ता गर्नु भएको छ। सभामुखको सपथ लिएलगत्तै सापकोटालाई भेट्न चिनियाँ राजदूत हाउ संघीय संसद सचिवालय सिंहदरवार पुग्नु भएको सेतोपाटी अनलाइनले लेखेको छ।

राजदूत यान्छीले नवनिर्वाचित सभामुख सापकोटालाई बधाई दिन जानु भएको हो। सभामुख भएपछि सबभन्दा पहिला भेट्ने कूटनीतिज्ञ नै चिनियाँ राजदूत होउ हुनु भएको छ।

सभामुख र राजदूतबीचको कुराकानीलाई रुपक सापकोटाले सहजीकरण गर्नु भएको छ। चिनियाँ राजदूतले होउले चिनियाँ भाषामा बोल्नु भएको कुरालाई रुपकले नेपाली भाषामा उल्था गरेर सभामुख सापकोटालाई बुझाउनु भएको थियो भने सभामुख सापकोटाको भनाइलाई चिनियाँ भाषामा उल्था गरेर रुपकले राजदूत होउलाई सुनाउनु भएको थियो। उहाँहरूबीच आधा घण्टा कुराकानी भएको थियो।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशक समेत रहनु भएका रुपक सापकोटा सभामुख सापकोटाका माइला छोरा हुनुहुन्छ। उहाँले चीनको रनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गर्नु भएको छ।

 

जानकारी तथा लेखहरु