फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारी नियन्त्रण मानवअधिकार संरक्षणको ऐना हो

(GMT+08:00) 2020-01-28 17:16:45

हाल नयाँ कोरोना भाइरस फैलिरहेको छ। यस्तो अवस्थामा चिनियाँ जनताले मिलेर महामारीको प्रतिरोध गरिरहेका छन्। साथै चीनले छिटो, प्रभावकारी, खुला, पारदर्शी रूपमा रोकथाम तथा नियन्त्रण कदम चालेपछि अन्तर्राष्ट्रिय समूहको व्यापक बुझाइ र समर्थन पाएको छ। तर केही पश्चिमी संचारमाध्यमले चीनले रोग नियन्त्रणका नाममा मानवअधिकारमाथि बन्देज लगाएको भन्दै झुटो संचार गरेका छन्। यसबाट मानवअधिकारको नाममा चीनमाथि झुटो निन्दा गरिएको स्पष्ट देखिएको छ र आधारभूत चिकित्सा नैतिकता पनि हराएको छ।

पछिल्लो अवस्थाबाट हेर्दा नयाँ कोरोना भाइरस मानिसबीच फैलिने क्षमता ठूलो छ र वसन्त चाडका अवसरमा चीनमा धेरैबढी मानिस आवत जावत गर्ने भएकाले भाइरस फैलिने गति तीब्र हुँदै विस्तृत पनि भएको छ। यस्तो महामारीबाट सर्वसाधारणको जीवन रक्षा तथा स्वास्थ्यको लागि प्रत्यक्ष धम्की देखिएको छ। त्यसैले मानव आवत जावतलाई कम पारी पारस्परिक दूरी बढाएर मानव सम्पर्क घटाउनु नै एक निकै महत्वपूर्ण नियन्त्रण नीति हो जसबाट भाइरसको प्रसारण मार्ग काटेर नयाँ संक्रमिक हुन प्रभावकारी रूपमा प्रतिरोध गर्नसकिन्छ।

केही दिनयता चीनले उ हानबाट बाहिर जाने बाटो रोक्ने, ठूलो कार्यक्रम रद्द गर्ने, वसन्त चाडको विदा लम्ब्याउने आदि विभिन्न कदम चालेको छ जसबाट चिनियाँ जनताको जीवनरक्षा तथा स्वास्थ्यको संरक्षण भएको छ। यसका साथै विश्व सार्वजनिक स्वास्थ्य सुरक्षालाई पनि जिम्मा लिइएको छ र अन्तर्राष्ट्रिय महामारी रोकथाम तथा नियन्त्रण नियमसँग मिलेको छ।

त्यसकारण चीनको कदमहरूमाथि अन्तर्राष्ट्रिय समूहले व्यापक प्रशंसा गरेका छन्। विश्व स्वास्थ्य संगठनका महानिर्देशक तेड्रोस अधानोम घेब्रेयेसुसले चीनका शीर्ष नेताले तत्काल निर्देशन दिएर चीन सरकारले तुरुन्तै तथा सम्पूर्ण रूपमा सूचना सार्वजनिक गरेर मात्रै विश्वका विभिन्न मुलुकले महामारीमाथि ध्यान दिएर प्रतिकृया दिनसक्ने व्यक्त गर्नुभयो।

उ हानबाट बाहिर जाने बाटो अबरूद्ध भएबाट अलग टापु बनेको हैन तर चीनभरिको समर्थन उ हानतर्फ पुगेको छ। यो समस्त मानवजातिसमक्ष धम्की देखा परेको नयाँ रोग हो त्यसको समाधान गर्न अन्तर्राष्ट्रिय समूहको समन्वय तथा सहयोग चाहिन्छ तर झूटो निन्दा होइन। त्यसैले महामारी नियन्त्रण एक ऐना जस्तो छ जसबाट चिनियाँको एकता र मानवअधिकारको संरक्षण गर्ने चीनको ध्यान देखिएको छ साथै केही पश्चिमी मिडियाको अँध्यारो मनोविज्ञान र मानवअधिकारलाई उनीहरूले दुरूपयोग गरेको स्पष्टसँग देख्न सकिन्छ।

जानकारी तथा लेखहरु