चीनका राष्ट्राध्यक्ष सी चिन फिङले जनवरी २८ तारिख पैचिङमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक टड्रोस अधानोम घेब्रेयेसुससँग भेट-वार्ता गर्नुभएको छ।
सो अवसरमा सी चिन फिङले महामारीलाई पराजित गर्ने चीनको क्षमता र विश्वास रहेको दोहोर्याउनुभयो। उहाँले चीनले खुला, पारदर्शी, जिम्मेवार धारणा लिएर महामारी सूचना सार्वजनिक गरिरहेको भन्दै विश्व स्वास्थ्य संगठनसँग मिलेर क्षेत्रीय तथा विश्वको सार्वजनिक स्वास्थ्य सुरक्षाको संरक्षण गर्ने इच्छा चीनले लिएको बताउनुभयो।
टेड्रोसले महामारीको सामना गर्दा चीन सरकारले दृढ राजनीतिक विश्वास देखाउनुका साथै तत्कालै तथा शक्तिशाली कदम चालेको छ। यो प्रशंसनीय कार्य भएको उहाँले उल्लेख गर्नुभयो। राष्ट्राध्यक्ष सी चिन फिङ आफूले निर्देशन गरेबाट उहाँको श्रेष्ठ नेतृत्व देखिएको उहाँले बताउनुभयो। उहाँले चीनले खुला तथा पारदर्शी भएर सूचना सार्वजनिक गरी विश्व स्वास्थ्य संगठन तथा अरू मुलुकलाई भाइरस जीन अनुक्रमबारे शेयर गरेको जानकारी दिनुभयो। चीनले चालेको कदमले चिनियाँ जनताको मात्रै नभई विश्व जनताको संरक्षण पनि गरेको छ र आफूले धन्यवाद ज्ञापन गर्नचाहेको पनि उहाँले दोहोर्याउनुभयो।