जनवरी २९ तारिख विहान तीन बजे चाइना मिडिया ग्रुपको भिडियो एप अर्थात् याङशफिङमा उहानको होशनशान अस्पताल र लेइशनशान अस्पताल निर्माणको परिदृश्य प्रत्यक्ष प्रसारण गर्दा अनलाइन इन्टर्नेट प्रयोगकर्ताको संख्या तीन करोडभन्दा बढी पुगेको थियो।
होशनशान अस्पताल र लेइशनशान अस्पताल छुट्टाछुट्टै गरी जनवरी तेइस तारिख र पचीस तारिखदेखि निर्माण सुरू भएका हुन्। नयाँ कोरोना भाइरसको नियन्त्रण गर्न ती दुई अस्पतालको निर्माण भएको हो र सार्स बेलामा पैचिङमा निर्मित स्याउथाङशान अस्पतालबाट सिकेर निर्मित आकस्मिक अस्पताल पनि हुन्।
अरू मनोरञ्चन वा समाचार प्रत्यक्ष प्रसारणबीच फरक के भने यो प्रत्यक्ष प्रसारणमा कुनै पनि व्याख्या र गीतलगायत आवाज पनि छैन तर व्यापक इन्टर्नेट प्रयोगकर्ताको ठूलो ध्यान तानेको छ। उनीहरूले टिप्पणी क्षेत्रमा आदान-प्रदान गरिरहेका छन्।