फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा महामारीको रोकथाम तथा नियन्त्रण कार्य जारी

(GMT+08:00) 2020-01-29 19:13:21

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले जनवरी २८ तारिख पैचिङमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसुससँग भेटमा चिनियाँ कम्युनिष्ट पार्टीको दृढ नेतृत्वमा चिनियाँ विशेषतायुक्त समाजवाद प्रणालीको श्रेष्ठता र जनताको आधारमा चीनले महामारीको रोकथाम तथा नियन्त्रण गरिरहेको र यस महामारीलाई पराजित गर्ने विश्वास तथा क्षमता रहेको दोहोर्‍याउनुभयो। टेड्रोसले महामारीको सामना गर्दा चीनले छिटो तथा ठूलो मात्रामा प्रतिकृया गरेको भन्दै यो विश्वमै दुर्भल देखिएको बताउनुभयो। उहाँले चीनको काम गर्ने गति, मापन, दक्षता देखिएको र त्यसमाथि विश्व स्वास्थ्य संगठनले उच्च प्रशंसा गरेको बताउनुभयो। टेड्रोसको भनाइबाट चीन राजनीतिक नेतृत्व र प्रणालीको श्रेष्ठताको निष्पक्ष टिप्पणी गरिएको छ र चीनको महामारी नियन्त्रण कदममाथि अन्तर्राष्ट्रिय समूहको बुझाइ र समर्थन पनि देखिएको छ।

नयाँ कोरोना भाइरस देखिएपछि चीनले एक हप्तामै भाइरसको निश्चित गरी विश्व स्वास्थ्य संगठन र अरू मुलुकलाई भाइरसको जीन अनुक्रमको सक्रिय रूपमा शेयर गरेको छ। साथै उ हानबाट निस्किने बाटो स्थगित गर्ने र सात दिनभित्र उ हानमा अस्थायी अस्पताल निर्माण गरेको छ। जापान नागासाकी विश्वविद्यालयका प्राध्यापक किताजातो काइयोले चीनले विश्वमा नयाँ भाइरस संक्रामक रोगको तुरुन्तै निश्चित गर्ने नयाँ रिकर्ड बनाएको बताउनुभयो।

उल्लेखनीय कुरा के हो भने महामारी फैलिएपछि चीनका राष्ट्राध्यक्ष सी चिन फिङले निर्देशन गरी उ हानको निरीक्षण गर्न प्रधानमन्त्री ली ख छ्याङलाई खटाउनु भयो। जसबाट स्थानीय सर्वसाधारणको विश्वास र साहस बढाउनुका साथै जनताको जीवन सुरक्षा र स्वास्थ्यलाई चीन सरकारले प्राथमिकतामा राखिरहेको पनि देखिएको छ।

हाल महामारी अवस्था अझै गम्भीर छ। चिनियाँले गरेको प्रयास नै चिनियाँको संरक्षण गर्ने होइन तर विश्वका जनताको संरक्षण गर्ने पनि हो। प्रणाली श्रेष्ठता, सामान र विज्ञान तथा प्रविधिको ग्यारेन्टी, जनता उन्मुख अनुभवको आधारमा यस महामारी नियन्त्रण युद्धलाई पराजित गर्ने चीनको विश्वास र क्षमता छ।

जानकारी तथा लेखहरु