फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनबाट फर्केकालाई १४ दिनसम्म 'आइसोलेसन'मा बस्न नेपाली चिकित्सकको सुझाव

(GMT+08:00) 2020-01-31 14:33:30

चीनबाट फर्केका नेपाली नागरिकलाई १४ दिनसम्म आइसोलेशन (एक्लै कोठामा)मा बस्न चिकित्सकहरुले सुझाव दिएका छन्। तत्काल परीक्षणको क्रममा लक्षण नदेखिए पनि पछि कोरोना भाइरसबाट संक्रिमण हुनसक्ने भएकोले यस्तो आग्रह गरिउको उनीहरुको भनाइ रहेको नागरिक अनलाइनले लेखेको छ।

तत्काल संक्रमित नदेखिए पनि दुईदेखि १४ दिनभित्र संक्रमित भएको देखिनसक्ने भएकोले कमसेकम १४ दिनसम्म आइसोलेसनमा बस्ने व्यवस्था मिलाउन चिकित्सकहरुले सरकारको पनि ध्यानाकर्षण गराएका छन्। भाइरस संक्रमित नदेखिएको अवस्थामै पनि भाइसर पसिसकेका व्यक्तिबाट अरुलाई संक्रमण हुनसक्ने भएकाले चीनबाट नेपाल फर्केका सवै देशीविदेशीलाई अरुको सम्पर्कमा नपठाई एक्लै कम्तीमा १४ दिनसम्म राख्नुपर्नेमा जोड दिएका छन्।

चीनमा अध्ययनरत रही त्यहाँबाट सोमबार नेपाल फर्केका चिकित्सक डा. राजेन्द्र श्रेष्ठले यही कारण आफू परिवारसँग सम्पर्कमा नगई आइसोलेसन (आफै एक्लै कोठामा पकाउने, खाने अनि बस्ने) गर्दै आएको बताउनुभयो। पछि आफू संक्रमित भएको देखिए परिवारका अन्य सदस्यहरु संक्रमित नहोउन् भनेर परिवारसँग एउटै घरमा बसे पनि छुटै कोठामा बसेर परिवारसँग सम्पर्कमा नगई आफै एक्लै खाने, बस्नेलगायतका कामहरु गरिरहेको डा. श्रेष्ठले सुनाउनुभयो। 'यो विषयमा सबै नेपालीलाई सचेत पार्नु जरुरी छ, उहाँले भन्नुभयो, 'त्यसकारण यो वास्तविकतालाई बुझेर नेपाल सरकारले पनि चीनबाट नेपाल फर्केका नेपालीलाई कम्तीमा १४ दिनसम्म अरुको सम्पर्कमा नजाने वन्दोवस्त वा जनचेतना जगाउनुपर्छ।'आफै चिकित्सक डाक्टर भई सचेत भएकाले आफूले यसो गरेको उहाँले सुनाउनुभयो।

उहाँले थप्नुभयो, 'चाइना नेशल हेल्थ कमिसनका अनुसार कोरोना भाइरसको इन्कुवेशन पिरियड दुईदेखि १४ दिन हो। यसको मतलब कुनै व्यक्तिमा कोरोना भाइरस सरिसकेपछि घटीमा दुई दिन र बढीमा १४ दिनसम्ममा यो रोगका लक्षणहरु देखापर्न थाल्छन्। कोरोना भाइरसको डरलाग्दो पक्ष भनेको लक्षण देखिनुपूर्व नै फैलिसक्छ।'

त्यसैले त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा राखिएको ज्वरो नाप्ने यन्त्रमात्र कोरोना भाइरस फैलिन नदिने उपाय नभएको चिकित्सक बताउँछन्। किनभने कोही विमान चढेर आएका यात्रु जसमा कोरोना भाइरस सरिसकेको तर लक्षण देखा नपरेकोले यो भाइरसलाई महामारीको रुपमा सार्न सक्छ। यो भाइरस महामारीको रुपमा सर्न नदिन कि त सरकारले सम्भब भएसम्मका सबैं चीनको बाटो भएर आउने यात्रुहरुको परीक्षण गर्नुपर्‍यो, त्यो सम्वभ नभए सो ठाउँबाट आएकाहरुले लक्षण नदेखेता पनि कम्तीमा १४ दिन एक्लै आइसोलेटेट भएर बस्नुपर्ने हुन्छ।

चीनबाट नेपाल फर्केका नेपालीहरुका अनुसार नेपाल सरकारले त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा विशेष सतर्कता भन्दै हेल्प डेस्क राखेका छन्। तर त्यहाँका कर्मचारीहरुले माक्ससम्म लगाएका छैनन्। म फर्केको बेला पनि माक्र्स लगाएको देखिएन्, शुक्रबार फर्केका साथीहरुले पनि यही खवर ग्रुप च्याटमा बताइरहेका छन्, यो राम्रो भएन, चिकित्सक डा. श्रेष्ठले बताउनुभयो। काठमाडौं एयरपोर्टमा चीनबाट फर्केका जोकसैलाई पनि विशेष निगरानीमा राखेर चेकजाँच गर्नुपर्ने उहाँले औँल्याउनुभयो।

एकजनाले धेरैलाई संक्रमित पार्न सक्ने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने विशेष खाँचो उहाँले औँल्याउनुभयो। उहाँका अनुसार चिनियाँ एयपोर्टहरुमा भने विशेष सतर्कताकासाथ दुईदुई पटक ज्वरो नाप्ने लगायतका सबै सुविधाहरु गरी विशेष सतर्कता अपनाइएका छन्।

केही दिन अगाडि चीनबाट भारत फर्केका चारजनाको समूहमध्ये एकजनामा ज्वरोको लक्षण देखिएको थियो। चारजनामध्ये तीनजना घर फर्केको र ज्वरो आएको एकजनालाई अस्पताल पठाएर चेकजाँच गरी भोलिपल्ट रिजल्ट आउँदा कोरोना भाइरस पोजिटिभ देखिएपछि घर गइसकेका तीनजनालाई पनि सरकारकै पहलमा घरघरमा गई बोलाएर आइसोलेशनमा राखेको थियो।

सरकारी जानकारी अनुसार चीनबाट नेपाल फर्केका एकजना नेपाली अहिले यो भाइरसबाट संक्रमित छ। तर पनि नेपाल सरकारले भने लक्षण देखिए पछि मात्रै चेकजाँच गरे पुग्ने सन्देश दिइरहेको छ। स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलन गरी यसबारे जानकारी पनि दिँदै आएको छ।

यो रोगको मुख्य उदगमस्थल चीनको हुवेइ प्रान्तको उहान तथा आसपासका क्षेत्र हो। हालसम्म भाइरसको कारण हालसम्म एक सय ८० जनाको मृत्यु भइसकेको जनाइएको छ। साथै चीनबाहेकका मुलुकहरुमा गरी ६ हजार संक्रिमित भएको बताइएको छ।

जानकारी तथा लेखहरु