फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन सरकारद्वारा विशेष विमानबाट विदेशमा रहेका ३१० हुपेइबासीलाई स्वदेश फिर्ता

(GMT+08:00) 2020-02-01 15:35:47

 जनवरी ३१ तारिख चिनियाँ परराष्ट्र मन्त्रालय र सम्बन्धित विभागले सम्बन्धित विदेशका लागि चिनियाँ दूतावास र वाणिज्य दूतावाससँग समन्वय गरेर तीन विशेष विमान पठाएर थाईल्याण्डको बैंकक, मलेशियाको सबा र जापानको टोकियोबाट त्यहाँ रहेका ३१० हुपेइका बासिन्दालाई फर्काएको छ। जनवरी ३१ तारिख राति पहिलो चरणमा विशेष विमानद्वारा १९९ जना हुपेई बासिन्दाहरु उहानको थ्यान ह अन्तर्राष्ट्रिय विमान स्थलमा पुगेका छन्। विमान स्थलमा पुगेका ती व्यक्तिहरुले एकपछि अर्को गरी शरीरको तापमान परीक्षण गरी ज्वरो नभएका यात्रीलाई मात्र विमानबाट बाहिर जान अनुमति दिइएको छ।

ती उहान बासिन्दाका अनुसार सबै यात्रीको सुरक्षाका लागि विमानका कर्मचारीहरुले संवेदनशील रुपमा तयारी गरेका छन्। विमानमा प्रवेश गर्ने हरेक यात्रीले शारीरिक तापक्रम जाँच पार गर्नुपर्दछ।

  

जानकारी तथा लेखहरु