फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

परिपाटीको श्रेष्ठताद्वारा महामारीको रोकथाम तथा नियन्त्रणमा विजय प्राप्त गर्ने चीनको विश्वास

(GMT+08:00) 2020-02-04 11:33:29

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक व्यूरोको स्थायी समितिले ३ तारिख बैठकको आयोजना गर्दै नयाँ कोरोनाभाइरस संक्रमणसम्बन्धमा केन्द्रिय नेतृत्व टोली तथा विभागहरूको प्रतिवेदन सुनुवाइ गर्नुका साथै आगामी दिनमा महामारीको रोकथाम तथा नियन्त्रण कार्यसम्बन्धमा छलफल गरेको छ। महासचिव सी चिनफिङले बैठकको अध्यक्षता गर्नुका साथै महत्वपूर्ण सम्बोधन पनि गर्नुभएको छ। महासचिव सीका अनुसार, वर्तमानमा सबैभन्दा मुख्य विषय ठोस र राम्रो तवरमा कार्यान्वयन गर्नु हो।

चिनियाँ शासन प्रणाली तथा क्षमताका लागि यो महामारी ठूलो परीक्षण भएको बैठकले प्रकट गरेको छ। वर्तमानमा महामारीको रोकथाम तथा नियन्त्रण कार्यमा सक्दो प्रयास गरी रोगीको उपचार गर्ने, चिकित्सा सुरक्षा आपूर्तिको प्रत्याभूति दिने, उपचार दर तथा उपचारपछिको सफलताको दर बढाउने र संक्रमण दर तथा मृत्यु दरलाई कम पार्नु हो। साथै बैठकले आधारभूत आवश्यकताको आपूर्तिको प्रत्याभूति गर्न पनि अनुरोध गरेको छ।

सोहि दिन चिनियाँ राज्य परिषदको प्रेस कार्यालयले पत्रकार सम्मेलनको आयोजना गर्दै महामारीको रोकथाम तथा नियन्त्रणमा मुख्य चिकित्सा आपूर्ति तथा आधारभूत आवश्यकताको आपूर्तिको प्रत्याभूति अवस्थाबारे जानकारी दिएको छ। हाल हु पै प्रान्तमा आपूर्तिको अभाव अवस्थालाई सहज पारिएको छ। त्यसका साथै चीनभरि पनि आपूर्ति क्रमशः स्थिरताका साथ संतुलित हुँदैगएको छ।

चिनियाँ विशेषतायुक्त समाजवादी परिपाटीको श्रेष्ठताले शासन प्रभावकारितालाई बढाएर महामारीको रोकथाम तथा नियन्त्रणलाई अगाडि बढाउँदै छ।

परिपाटीको श्रेष्ठता एउटा देशको सबैभन्दा ठूलो सम्पति हो। परिपाटीको श्रेष्ठताले चीनको विकासलाई मौलिक प्रत्याभूति दिनुका साथै महामारीको रोकथाम तथा नियन्त्रणमा दृढ समर्थन दिएको छ।

महामारीविरूद्धको युद्धमा कसरी विजय प्राप्त गर्ने? चीनका सर्वोच्च नेता सी चिनफिङले स्पष्ट आदेश दिनुभयो, 'चिनियाँ कम्युनिष्ट पार्टीको सुदृढ नेतृत्वमा चिनियाँ विशेषतायुक्त समाजवादी परिपाटीको श्रेष्ठताको प्रयोग गर्दै जनतामाथि भर परी विश्वासिलो बनेर वैज्ञानिक रूपमा रोकथाम तथा उपचार गर्नुका साथै उक्त कदमहरूको सटीक कार्यन्वयन गर्नुपर्छ।' यो महामारीको अवधिमा सी चिनफिङले धेरैपटक बैठकको आयोजना गरी प्रतिवेदन सुन्नुका साथै महत्वपूर्ण निर्देशन दिनुभएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक व्यूरोका स्थायी समितिले दुईपटक विशेष अनुसन्धान बैठकको आयोजना गर्दै केन्द्रिय नेतृत्व टोलीको स्थापना गरी एकिकृत आदेश तथा व्यवस्था गरेको छ।

त्यसको आधारमा चिकित्सा आपूर्ति तथा आधारभूत आपूर्तिको प्रत्याभूतिले क्रमशः प्रगित हासिल गरेको छ। फेब्रुअरी २ तारिखसम्म चिनियाँ उद्योगले हु पै प्रान्तलाई कुल १ लाख ५४ हजार ५ सय चिकित्सा सुरक्षा कपडा र १ लाख ३३ हजार ६ सय एन-९६ मास्क पठाएको छ। जसले स्थानीय चिकित्सा आपूर्तिको अभाव अवस्थालाई सहज बनाएको छ।

साथै केन्द्रिय नेतृत्व टोलीले विभिन्न विभागद्वारा संगठित आपूर्तिको प्रत्याभूति टोलीको स्थापना गरेर सक्दो प्रयासमा आधारभूत आवश्यकताको आपूर्ति गरेको छ। चीनका विभिन्न क्षेत्रमा बजार भाउ पनि स्थिर छ।

जानकारी तथा लेखहरु