चीनका प्रधानमन्त्री ली ख छ्याङले ४ तारिख नयाँ कोरोनाभाइरस संक्रमित निमोनिया महामारीको सामना गर्ने केन्द्रिय नेतृत्व टोलीको बैठकको अध्यक्षता गर्नुभएको छ। हु पै प्रान्त र विशेष गरी उ हान शहर महामारीको रोकथाम तथा नियन्त्रण गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र हो। निरन्तर प्रयास गर्दै उपचार दर तथा उपचारपछिको सफलताको दर बढाउनुका साथै संक्रमण दर तथा मृत्यु दरलाई कम पार्नुपर्ने आदेश बैठकले दिएको छ। साथै सम्बन्धित मापदण्ड अनुकुल भएका निर्यातित चिकित्सा आपूर्ति छिटै वितरण तथा प्रयोग गर्न पनि आग्रह गरेको छ।
बैठकले केही आपतकालीन स्क्वायर केविन अस्पतालको व्यवस्थापनका साथै थप दुई हजार चिकित्साकर्मीलाई हु पै प्रान्तमा खटाउने तयारी पनि गरेको छ। जस अनुसार, यी अस्पतालहरूको तयारी गर्न आवश्यक चिकित्सकहरू ४ तारिख राति नै उहान पुगेका छन्।