फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाको अपमानजनक गतिविधिबाट महामारीको रोकथाममा अन्तर्राष्ट्रिय सहयोगमाथि अवरोध

(GMT+08:00) 2020-02-05 16:48:13

हाल चीनले समयसँग दौडेर नयाँ कोरोना भाइरसबाट संक्रमित निमोनियाको प्रतिरोध गरिरहेको छ। अन्तर्राष्ट्रिय जगतले पनि चीनलाई समर्थन तथा सहयोग दिइरहेको छ। तर विश्वमा उच्चस्तरीय चिकित्साको सबैभन्दा ठूलो विकसित मुलुकको हैसियतमा हालसम्म अमेरिकाले चीनलाई कुनै व्यावहारिक सहयोग गरेको छैन। नत्र अमेरिकाले सबैभन्दा पहिला वुहानबाट वाणिज्य दूतावासका कर्मचारीलई हटाउने थिएन। उसले दूतावासका केही कर्मचारी हटाउने निर्णय प्रस्तुत गरेको छ र चिनियाँ नागरिकको प्रवेशमाथि चौतर्फी प्रतिबन्ध गरेको छ। अमेरिकाले आतंक सिर्जना गर्दै नकारात्मक प्रसार गरिरहेको छ।

अमेरिकाले यो महामारीबारे आवश्यकताभन्दा बढी प्रतिक्रिया जनाएर विश्व स्वास्थ्य संगठनको सुझाव विपरीत काम गरेको छ। साथै महामारीको रोकथाममा अन्तर्राष्ट्रिय सहयोगमाथि पनि अवरोध खडा गरेको छ।

वास्तवमा अमेरिकाको गतिविधि यो अमेरिका सरकारका अनेकन वैदेशिक नीतिको प्रतिबिम्ब हो। अमेरिकाले धेरै अन्तर्राष्ट्रिय समूहबाट आफूलाई अलग्याउँदै लगेको छ। यसपटक अमेरिकाले महामारीबारे आवश्यकताभन्दा चर्को प्रतिक्रिया जनाएको छ। नव-पृथकीकरण र अमेरिका पहिला भन्ने नीतिको प्रभावमा अमेरिकाले नियमको आधारमा रहेको अन्तर्राष्ट्रिय सहयोग झन् झन् गुमाउँदै गएको छ।

भाइरसका सामु कुनै देशको सीमा छैन। वर्तमान नयाँ कोरोना भाइरसबाट संक्रमित निमोनियाको विरोध गर्न सब देशहरूले एकता तथा सहयोगको भावना लिएर साझा प्रयास गर्नुपर्छ।

अर्कातिर खुशी लागेको कुरा के हो भने, चीनका साथीहरूले चीनलाई बेग्ला-बेग्लै रूपमा समर्थन दिएका छन्। संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत धेरै अन्तर्राष्ट्रिय संगठनले चीनको प्रयासको सक्रिय मूल्यांकन गरेका छन्। दक्षिण कोरिया, जापान, इरान, रूस, बेलायत, फ्रान्स आदि मुलुकहरूले सामग्री सहायता गरेका छन्। अन्तर्राष्ट्रिय समाजले व्यावहारिक गतिविधिद्वारा चीनको जिम्मेवारीवोधको प्रयासमाथि सक्रिय मूल्यांकन गरेका छन्। जसले विश्व स्वास्थ्य संगठनको सुझावलाई सम्मान व्यक्त गर्नुका साथै महामारीको रोकथाम तथा नियन्त्रणमा अन्तर्राष्ट्रिय समन्वयलाई पनि सबल पारेको छ।

विश्व स्वास्थ्य संगठनले ४ तारिख नयाँ कोरोना भाइरसबाट संक्रमित निमोनियाको महामारी हालसम्म भयंकर महामारी नभएको व्यक्त गरेको छ। साथै विश्व स्वास्थ्य संगठनले अरू देशहरूलाई छिटै पहिचान, छिटै अलगाव र छिटै उपचार गर्ने सुझाव दिनुका साथै महामारीसम्बन्धी अफवाह् वा झुटो सूचनामाथि प्रहार गर्नु पनि निकै महत्वपूर्ण भएको व्यक्त गरेको छ।

विश्वव्यापी समर्थन, सहयोग तथा विश्वासले चीनको विश्वास र शक्तिलाई सबल पारेको छ। भाइरसविरूद्धको युद्धमा चीन एक्लो होइन।

जानकारी तथा लेखहरु