फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कार्यान्वयन क्षमतालाई माथि उकासेर महामारीको प्रतिरोध गरिने र यसविरूद्धको लडाइँमा विजयी हुने

(GMT+08:00) 2020-02-05 19:05:53

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्यूरोको स्थायी समितिले हाल बैठकको आयोजना गरी महामारीको प्रतिरोध र नियन्त्रण कार्यबारे अनुसन्धान गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिन फिङले उक्त बैठकको अध्यक्षता गर्नुका साथै सम्बोधन गर्नुभएको छ। उहाँले हाल सबैभन्दा मुख्य समस्या कार्यलाई व्यवहारिक रुपमा उतार्नु नै भएको बताउनुभयो। यो चीनका सर्वोच्च नेताले महामारीको प्रतिरोध र नियन्त्रणबारे प्रस्तुत गर्नुभएको पछिल्लो आग्रह हो र हाल महामारीको प्रतिरोध र नियन्त्रणको कारवाही निर्देशकीय काम हो।

चिनियाँ पात्रोअनुसार नव वर्षको पहिलो दिनदेखि दशौं दिनसम्मको दश दिनमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्यूरोको स्थायी समितिले दुई पटक बैठकको आयोजना गरी महामारीको प्रतिरोध र नियन्त्रणबारे महत्वपूर्ण बन्दोबस्त मिलाएको छ। यसबाट जनताको सुरक्षा र शारीरिक स्वास्थ्यलाई पहिलो स्थानमा राखिएको कुरा प्रतिविम्वित भएको छ।

चीनका सर्वोच्च नेताको निर्देशन र महामारीको सामनासम्बन्धी चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको नेतृत्व टोलीको नेतृत्वमा चीनको सम्बन्धित विभिन्न पक्षले महामारीको प्रतिरोध गर्न गति प्रदान गरिरहेका छन्। दश दिनसम्म व्हो शन शान अस्पतालको निर्माण पूरा भइसकेको छ। चीनको विभिन्न क्षेत्रका आठ हजार जना चिकित्सकहरू हु पै प्रान्तलाई सहायता दिन गएका छन्। बहु पक्षले महामारी प्रकोपग्रस्त क्षेत्रको चिकित्सा र जीवन सामग्रीको आपूर्ति उपलब्ध गराउन प्रयास गरेका छन्। चीनको कार्यान्वयन क्षमताप्रति विश्वलाई अचम्म लागेको छ।

चीनले कार्यान्वयन क्षमतालाई निरन्तर रुपमा माथि उकासेर महामारीको प्रतिरोध र नियन्त्रणको अभियानबाट यसलाई पराजित गर्ने छ।

जानकारी तथा लेखहरु