
महामारी प्रकोपमा चीनको डिजिडल अर्थतन्त्र लगातार विकसित भैरहेकोबाट चिनियाँ बजारको विशाल संचिति शक्ति प्रतिबिम्बित भएको छ। पर्यटन, किनमेल र मनोरन्जन गतिविधि कम भएता पनि १.४ अर्ब चिनियाँहरु रहेको ठूलो बजारको माग रहेको छ। डिजिटल अर्थतन्त्रको विकासले विशेष अवधिमा चिनियाँहरुको जैविक मागलाई प्रत्यभूति गर्नुका साथै उपभोक्ताका लागि विविध छनौट प्रदान गर्दछ।
डिजिटल अर्थतन्त्रको लगातार विकास चीनद्वारा दीर्घकालीन प्राविधिक श्रेष्ठताबाट लाभान्वित भएको हो। विशेष गरी फाइभ जी, कृत्रिम बुद्धिमत्ता आदि प्रविधिले शक्तिशाली रुपमा आर्थिक शैलीको परिवर्तनलाई प्रवर्द्धन गरेको छ।
1 2 3