फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रणालीको बदनाम गर्ने "राजनीतिक भाइरस" हटाइनुपर्ने

(GMT+08:00) 2020-02-06 17:26:44

हाल चीनले प्रणालीको श्रेष्ठताको सम्पूर्ण रुपमा प्रयोग गरी महामारीको प्रतिरोध र नियन्त्रण गर्दै आएको छ। विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टेड्रोस अढानोम घेब्रेयेसुसले मूल्यांकन गर्दै चीनको सशक्त प्रणाली र चीनको प्रभावकारी कदम "विश्वमा अभूतपूर्व रुपमा देखिएको" कुरा बताउनुभएको छ। तर अमेरिकी परराष्ट्र मन्त्री माइक पोम्पेओले चीनको सत्तारुढ पार्टी र चीनको प्रणाली "युगको त्रास-धम्की" भएको कुरा बताउनुभएको छ। चीनले महामारीको प्रतिरोध र नियन्त्रण गर्नुपर्ने कठिन समयमा विश्वको सबैभन्दा ठूलो मुलुकका प्रथम कूटनीतिज्ञको हैसियतमा पोम्पेओको भनाईले मानवीय भावनाको उल्लंघन गरेर चीन-अमेरिका सहयोगमा अवरोध खडा गरेको छ।

पोम्पेओले हाल बेलायतको भ्रमण गर्दै उक्त कुरा बताउनुभएको हो। उहाँले उक्त भनाई प्रस्तुत गर्ने प्रत्यक्ष कारण बेलायत सरकारले हाल चिनियाँ उद्योग-व्यवसाय व्हा वैलाई बेलायतको फाइभ जीको निर्माण अनुमति दिनु हो। अमेरिकाले हालैका वर्षहरूयता तथाकथित राष्ट्रिय सुरक्षाको कारणले गर्दा चीनको उच्च विज्ञान तथा प्रविधि उद्योग-व्यवसायलाई दवाव शक्ति थपेको छ, साथै संगाति मुलुकमाथि दवाव शक्ति थपेर ती मुलुकहरूलाई चिनियाँ उद्योग-व्यवसायतर्फ बजार खोल्न अवरोध गरिरहेको छ।

धेरै जनाले देखेका छन्, चीनको सर्वोच्च नेताको निर्देशन र महामारीको सामनासम्बन्धी चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको नेतृत्व टोलीको नेतृत्वमा चीनले सबैभन्दा चौतर्फी र सबैभन्दा गम्भीर कदम चालेको छ। चीनले यसरी गरेको कारण चिनियाँ नागरिकको जीवन सुरक्षा र शारीरिक स्वास्थ्यको संरक्षण गर्नुका साथै विश्वको सार्वजनिक स्वास्थ्य सुरक्षाको संरक्षण गर्नु र अन्तर्राष्ट्रिय समाजको हितबारे जिम्मेवारी वहन गर्नु हो।

हाल महामारीको प्रतिरोध र नियन्त्रण स्थिति निकै गम्भीर छ। चीनको प्रणालीको श्रेष्ठता र चिनियाँहरूको प्रयासको सदुपयोग गरी चीनले यो महामारीको प्रतिरोध र नियन्त्रणको लडाइँमा विजय हासिल गर्ने विश्वास र क्षमता राख्दछ।

जानकारी तथा लेखहरु