फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

निर्माणसम्बन्धी प्रदर्शनी काठमाडौंमा

(GMT+08:00) 2020-02-07 17:34:22
राजधानीको भृकुटीमण्डपमा आयोजना हुने छैटौं 'नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०२०' आजदेखि सुरु भएको छ। मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर तथा इभेन्टले संयुक्त रूपमा आयोजना गरेको यो प्रदर्शनी आइतबारसम्म चल्ने नागरिकन्यूज डटकममा खबर छ।

मिडिया स्पेस सोलुसन प्रालिका प्रबन्ध निर्देशक सिर्जल भट्टराईले प्रदर्शनीको सम्पूर्ण तयारीबारे भन्नुभयो, 'प्रदर्शनीका लागि इच्छा देखाएका सम्पूर्ण कम्पनीले आ–आफ्नो स्टलमा आइसकेका छन्, निर्माणसम्बन्धी चासो राख्ने जो कोहीलाई यो अन्तर्राष्ट्रियस्तरको एक्स्पोजर हो। उहाँका अनुसार प्रदर्शनीमा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त कम्पनीहरूले सहभागिता जनाएका छन्। यो स्केलको निर्माण सम्बन्धी प्रदर्शनी नेपालमा पहिलो हो, पहिले भारत, चीनलगायत छिमेकी देशको सहभागिता रहन्थ्यो,' भट्टराईले भन्नुभयो, यो पटक युरोप, मलेसियालगायत देशबाट ए लेबलका कम्पनी प्रदर्शनीमा सहभागी छन्।

विगतको प्रदर्शनीभन्दा यस पटक सबै किसिमका निर्माण सामग्री हुनुले पनि फरक रहेको उहाँको तर्क छ। 'पहिला कुनै पिफ्याब हाउस, हेभी इक्विपमेन्टलगायत सामग्रीको विशेष प्रदर्शनी हुन्थ्यो, उहाँले भन्नुभयो, अहिले प्रविधिदेखि निर्माण सामग्री र सीपको समेत लाभ लिन सकिन्छ। तीन दिनसम्म चल्ने प्रदर्शनीमा ३० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ।

जानकारी तथा लेखहरु