चिनियाँ केन्द्रीय बैंक अर्थात् चिनियाँ जन बैंकका उप गभर्नर फान कुङ शङले फेब्रुअरी सात तारिख पैचिङमा जन बैंकले तीन खर्ब चिनियाँ युआनको पुनर्वित्त (रिफाइनान्सिङ) राखेको बताउँदै सहुलियत ऋण ब्याज कार्यान्वयन गरेर महत्वपूर्ण चिकित्सा, जीवन सामग्रीआदि क्षेत्रका उद्योग-व्यवसायलाई समर्थन दिने कुरा बताउनुभएको छ। उहाँकाअनुसार, महामारी शिथिल भएपछि चीनको अर्थतन्त्रमा क्षतिपूर्ति पुनःउदय हुने र उच्च गुणस्तरको वृद्धिको आधारभूत अवस्थामा महामारीका कारण परिवर्तन हुने छैन।
चीनको राज्य परिषदले कोरोना भाइरस संक्रमित महामारीको सामनाका लागि प्रतिरोध तथा नियन्त्रण प्रणालीको सम्बन्धमा सोही दिनको पत्रकार सम्मेलनमा फान कुङ शङले उक्त कुरा बताउनुभएको हो।