फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको अर्थतन्त्रको दीर्घकालीन सहि दिशा उन्मुख प्रवृत्तिमा परिवर्तन नहुने

(GMT+08:00) 2020-02-07 19:20:10

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले फेब्रुअरी सात तारिख अमेरकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गर्नुभएको छ। सीले कोरोना भाइरस महामारीलाई पराजित गर्ने विश्वास र क्षमता रहेको बताउँदै चीनको अर्थतन्त्र दीर्घकालीन सही दिशातर्फ उन्मुख हुने प्रवृत्तिमा परिवर्तन नहुने कुरामा जोड दिनुभएको छ। सोही दिन कोरोना भाइरस संक्रमित महामारीको सामनासम्बन्धी चीनको राज्य परिषदको प्रतिरोध र नियन्त्रण प्रणालीले पत्रकार सम्मेलनको आयोजना गरेको छ। उक्त पत्रकार सम्मेलनमा कोरोना भाइरसको प्रतिरोध र नियन्त्रणको समर्थन दिने सम्बन्धित वित्तिय नीति, स-साना तथा मझौला उद्योग-व्यवसायले रकम जुटाउन अप्ठ्यारो हुने अवस्थाबारे जानकारी दिइएको, चीनको अर्थतन्त्र लामो समयमा राम्रो दिशातर्फ विकास हुने प्रवृत्ति र उच्च गुणस्तरको वृद्धिको आधारभूत अवस्थामा यस पटकको छोटो महामारीका कारण परिवर्तन नहुने कुरा बताइएको छ।

धेरै वर्षहरूयता विश्वको आर्थिक वृद्धिबारे चीनको आर्थिक वृद्धि योगदान दर ३०प्रतिशत बराबर छ। चीन निरन्तर रुपमा विश्वको आर्थिक विकासको "रेल इन्जिन" जस्तै भैरहेको छ। हाल महामारीबाट चीनको अर्थतन्त्रमा असर परेता पनि चीनको आर्थिक विकासको आधारभूत अवस्थामा परिवर्तन हुने छैन। चीनले यस पटकको महामारी लडाइँलाई पराजित गर्नसक्ने र साथै चीनको अर्थतन्त्र लामो समयमा राम्रो दिशातर्फ विकास हुने प्रवृत्तिलाई कायम राख्ने क्षमता रहेको छ। चीनले विश्वको आर्थिक वृद्धिलाई निरन्तर रुपमा जीवन शक्ति थपिदिने छ।

जानकारी तथा लेखहरु