फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कानूनी बमोजिम शासन व्यवस्थाको भावना लिएमा महामारीको नियन्त्रणमा विजय प्राप्त हुने

(GMT+08:00) 2020-02-08 20:42:02
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव सी चिनफिङले हालै केन्द्रिय समितिको कानून बमोजिम शासन व्यवस्था समितिको तेस्रो सम्मेलनको आयोजना गर्दै महत्वपूर्ण सम्बोधन गर्नुभएको छ। महामारीको नियन्त्रण निर्णायक अवधिमा प्रवेश गर्न लागेको घडीमा कानून बमोजिम देशको शासन व्यवस्थाको पालना गर्नैपर्छ भन्ने पुष्टि सीले गर्नुभयो। साथै उहाँले कानून निर्माण, कार्यान्वयन र पालना भन्ने विभिन्न कामलाई लक्षित गरी आदेश पनि दिनुभयो। सीका भनाइहरू र निष्कर्षहरूबाट चीनको सत्तारूढ पार्टीले कानून बमोजिम देशको शासन व्यवस्था गर्ने विचारहरूलाई प्रतिविम्वित गरिएको छ जसबाट महामारीको नियन्त्रण कार्यका लागि बलियो कानूनी प्रत्याभूतिको विश्वास दिलाइएको छ।

बितेका केही वर्षयता, चीनले चिकित्सा तथा स्वास्थ्य क्षेत्रमा कानून निर्माण कार्यलाई सबल पारिरहेको छ। विशेष गरी समाजमा ठूलो र गम्भीर क्षति पुर्याइने सम्भावित आकस्मिक महामारी तथा आपतकालीन घटनाहरूलाई लक्षित गर्दै श्रृंखलावद्ध कानून नियमहरू तर्जुमा गरिएको छ। यसै आधारमा यस पटकको महामारीपछि कोरोना भाइरस महामारीलाई सरूवा रोग व्यवस्थापनमा समेटिएको साथै चीनको मुख्य भूमिका ३१ वटा प्रान्त, क्षेत्र तथा शहरमै आकस्मिक सार्वजनिक स्वास्थ्य घटनाको क स्तरिय प्रतिक्रियात्मक कदम चालिएको छ। यसै क्रममा शंकास्पद र संक्रमित बिरामीहरूलाई उचित उपचार प्रदान गर्दै आफ्नो काम र जिम्मेवारी पूरा नगर्ने केही सरकारी पदाधिकारीलाई हटाइएको छ जसबाट कानून बमोजिम शासन गर्ने भावनालाई पूर्ण रूपमा देखाइएको छ।

हाल चीनभरि एकतावद्ध भएर महामारीको नियन्त्रण तथा प्रतिरोधका क्रममा क्रमशः प्रभाव देखिँदैछ। तापनि महामारीको नियन्त्रणमा नक्कली सामग्रीको उत्पादन तथा बिक्री, हल्लाको फैलावट, हिंसामार्फत डाक्टरमाथि हमला, बजारभाउ ठूलो परिधिमा वृद्धि, चन्दा सामग्रीको निगरानी लगायत समस्याहरू पनि देखा परेका छन् जसबाट महामारीको नियन्त्रणमा समस्या थपिएको छ। कानूनमार्फत ती समस्याहरू तथा चुनौतीहरूको समाधान गर्नु नै यस महामारीलाई जित्ने आधारभूत प्रत्याभूति हो।

कानूनमार्फत शासन व्यवस्थाको प्रवर्द्धन नै चीनको व्यवस्थाको श्रेष्ठतालाई देशको शासन व्यवस्थाको कार्यकुशलतासम्म परिणत गर्नको लागि हितकर हुनुका साथै समाज तथा अर्थको दीर्घकालीन स्थिरता तथा विकासको लागि पनि बलियो प्रत्याभूति दिँदै जाने छ।

जानकारी तथा लेखहरु