फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

धेरै मुलुकका नागरिकद्वारा वुहानका लागि होस्टे हैंसे

(GMT+08:00) 2020-02-09 16:58:13

हाल विश्वका जनताले कोरोना भाइरस महामारीमाथि नजर पुर्‍याइरहेका छन्। विश्वका धेरै मुलुकका नागरिकले स्वयं कार्यक्रमको आयोजना तथा भिडियो खिचेर वुहानका लागि होस्टे हैँसे र प्रार्थना गरेका छन्।

फेब्रुअरी सात तारिख चीनका लागि नेपाली राजदूत लिलामणी पौडैलले नेपाली राजदूतावासका सबै अधिकारी र परिवारका सदस्यसँग पैचिङमा चिनियाँ भाषाद्वारा भन्नुभयो, 'चीन होस्टे हैंसे, वुहान होस्टे हैंसे।' उहाँहरूले नेपाली जनताको तर्फबाट चिनियाँ जनता खास गरी वुहानका जनतालाई समर्थन गर्नुभयो। चीनले कोरोना भाइरस महामारीलाई पराजित गर्ने विश्वास उहाँहरूले व्यक्त गर्नुभयो।

नेपाल-चीन हिमालय मैत्री संघले हाल वक्तव्य प्रकाशित गर्दै नेपाली जनताले चीनमा भएको कोरोना भाइरस महामारीमाथि ध्यान दिएको कुरा बताएको छ। उक्त वक्तव्यअनुसार, यो अप्ठ्यारो अवधिमा नेपाल-चीन हिमालय मैत्री संघले चीनसँगै उभिएर उक्त महामारीलाई संयुक्त रुपमा पराजित गर्ने छ। चीन सरकारले महामारीका लागि छिटो र सशक्त कदम चालेको छ। चीनले विश्वका जनताले महामारीको प्रतिरोध गर्नका लागि ठूलो अठोट दिएको छ। उक्त संघले चीन सरकार र चिनियाँ जनताको सक्दो प्रयासको कृतज्ञता ज्ञापन गरेको छ।

फेब्रुअरी पाँच तारिख बेलुकी श्रीलंकाको राजधानी कोलम्बोमा श्रीलंकाका प्रधानमन्त्री माहिन्द्रा राजापाक्षेले

मन्त्री मण्डलका सदस्यहरू, सांसदहरू र करीब एक हजार जना सर्वसाधारणको नेतृत्व गरी चिनियाँ जनताले कोरोना भाइरस महामारीको प्रतिरोध गर्नका लागि प्रार्थना गर्नुभयो।

माहिन्द्राले श्रीलंकाका लागि चिनियाँ राजदूत छङ स्यु युआनसँग कुराकानी गर्दै चीन श्रीलंकाको मित्र हो भन्दै यो कठिन अवधिमा श्रीलंकाका जनताले चिनियाँ जनतासँग उभिएर संयुक्त रुपमा कठिनाइबाट पार पाउने कुरा बताउनुभयो।

यसका साथै श्रीलंकाका विभिन्न गुम्बामा प्रार्थना गरिएको छ। सोही दिन शुरु भएको प्रार्थनामा करीब दश लाख जना श्रीलंकाली सर्वसाधारण सहभागी भए।

जानकारी तथा लेखहरु