
आज सन् २०२० फेब्रुअरीको १० तारिख बिहानको तथ्याङ्क अनुसार, कोरोनाभाइरस प्रकोपमा परी चीनमा मात्र ४० हजार १ सय ७१ जना सङ्क्रमित भएका छन् जुन हिजोको तुलनामा ३,०६२ जनाको संख्या थपिएको छ। त्यसै गरी ९०८ जनाको मृत्यु भएको छ हिजोको संख्यामा ९७ थप भएको छ। चीनबाहेक फिलिपिन्समा १ जनाको मृत्युभएको छ । त्यसबाहेक विश्वका अरू मुलुकहरूमा यस भाइरसबाट कसैको मृत्यु भएको छैन ।
तथ्याङ्कअनुसार, चीनमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या सबैभन्दा धेरै छ त्यसपछि सिंगापुरमा ४० जना र थाईल्यान्डमा ३२ जना सङ्क्रमित छन्।
हालसम्म नेपालमा १ जनामात्र कोरोनाभाइरसबाट सङ्क्रमित भएको छ।