फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोशी पर्यटन महोत्सवको आकर्षण हात्ती

(GMT+08:00) 2020-02-10 18:36:41

नेपालको प्रदेश नम्बर १ को प्रमुख पर्यटकिय क्षेत्र कोशीटप्पु बन्य जन्तु आरक्षमा आईतबारबाट सुरु भएको कोशी पर्यटन महोत्सवको आकर्षकको रुपमा हात्ती सवारी तथा सफारी रहेको छ। आरक्षको मूल गेटमै कोशी गाउँपालिका सुनसरीले सुरु गरेको पहिलो कोशी पर्यटन महोत्सवको मूख्य आकर्षकको रुपमा हात्ती सफारी देखिएको छ। प्रायः आन्तरिक तथा बाह्य पर्यटकले चरा अवलोकन, पानीमा बोटिंग भन्दा बढी कोशी पर्यटन महोत्सवमा हात्ती अवलोनक, सवार तथा सफारी गर्नेहरु बढी रहेको आरक्षले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ। आरक्षमा रहेको सरस्वतीकली, लक्ष्मीकली र शोभाकली नामकी हात्तीले एक वर्षभित्रै जन्माएको छावा हेर्न आन्तरीक पर्यटकको भिड लाग्ने गरेकोमा पर्यटन होत्सव आयोजना गरेकाले हात्तीमा सफारी गर्नेहरु थप बढेका छन्। शोभाकलीले गत वर्ष र लक्ष्मीकली २०७६ मंसीरमा, सरस्वतीकली २०७६ कात्तिकमा छावा पाएकाले पर्यटकहरुको लागि अवलोकनको समेत आकर्षण केन्द्र हात्तीसार बनेको छ।

आरक्षमा रहेको पाँच हात्ती मध्ये तीन हात्तीले छावा जन्माएकाले हेर्न आउने आन्तरीक पर्यटकको भिड बढेको हो। उमेरले ६० वर्षीया ढोई हात्ती शोभाकलीसगैं लक्ष्मीकली र सरस्वतीकलीले समेत छावा जन्माएपछि आरक्ष प्रशासनले स्याहार बढाउँदै सुरक्षामा पनि विशेष ध्यान दिएको छ भने हात्तीको बच्चा हेर्नका लागि नेपाली र भारतीय विधार्थी, शिक्षक र बालबालिकाहरु सहित आन्तरिक तथा बाह्य पर्यटकहरु आउने क्रम बढेको आरक्षले जनाएको छ। विगतका भन्दा महोत्सव भएकाले बढी पर्यटक हात्ती सफारी र हात्तीको छावा हेर्नका लागी आउने गरेको आरक्षका रेन्जर लक्ष्मण महातोले बताउनुभयो। वहाँका अनुसार आरक्षमा पर्यटन महोत्समा समेत विदेशी भन्दा स्वदेशी नै बढी आउने गरेकोमा हात्ती सफारी, छावा अवलोन, जंगली भैसी अर्ना र चरा अवलोकनका लागि बढी मात्रामा आन्तरीक पर्यटकको भिड बढेको हो।

कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालय पश्चिम कुशाहामा रहेका चार गर्भिणी ढोईमध्ये दमदमकलीले केही दिनमा बच्चा आउने बताइएको छ। यहाँ लामो समयपछि आरक्षमा एक वर्षयता हात्तीहरुले तीन छावा जन्माएकाले हात्तीसार र आरक्ष प्रशासनले खुशियाली मनाएको र त्यसका बीचमा करिब पन्द्र महिनायता कोशीटप्पु हात्तीसारका छावा हेर्न आउने पर्यटक समेत बढेको छ।

हात्तीको बच्चा(छावा) पोथीको नाम राख्दा 'कली' र भालेको नाममा 'गज' जोड्ने गरिन्छ सोही अनुसार गत वर्ष जन्मेको छावाको नाम कोशीकली राखिएको हो। यहाँ आरक्षमा एउटा हात्तीको रेखदेख गर्न तीन जनाको दरबन्दी हुन्छ। छावा दुई वर्षको भएपछि तालिम दिनुपर्ने भएकाले अब कोशीटप्पुमा माउतेसहित ९ जना हेरालु थपिने भएको छ। आरक्षमा रहेका पाँच ढोईमध्ये अमेरिकाकली भने गर्भवती छैन।

आरक्षका सबै हात्ती जंगली हात्तीको संसर्गमा गर्भवती भएको आरक्षको भनाई छ। आरक्षमा २०४७ साल यता भारतबाट आएका जंगली भाले हात्ती बस्छन्। जंगली हात्ती आउनु अघिसम्म आरक्षका ढोई गर्भवती हुँदैनथे। "भाले लागेको १८ देखि २२ महीनामा हात्ती ब्याउँछ", हात्तीसारले जनाएको छ। कोशीटप्पु आरक्षमा दरबन्दी भएका १० मध्ये पाँच हात्ती चितवनमा काजमा गएको दुई दशक भईसकेका छन्।

आरक्ष प्रसाशनले सुत्केरी तीन सहित एक गर्भवती हात्तीको समेत स्याहार बढाइएको जनाएको छ। आरक्षका संरक्षण अधिकृत रामदेव चौधरीले सरकारी स्केलमा एउटा हात्तीले दैनिक १५ किलो धान, डेढ किलो सक्खर र हरियो घाँस पाउँने भएकाले त्यसको आरक्षले व्यवस्था मिलाएको जानकारी दिनुभयो।वहाँलेहात्तीलाई स्केल बाहेक दैनिक एक किलो चना र डेढ किलो सक्खरमा पाँच किलो चामलको खीर शोभाकलीलाई दिंईरहेको र छावाले पनि माउकै जति स्केल पाउने भएकाले उसको भाग पनि आमालाई खुवाईरहेको बताउनुभयो।

गर्भवती ढोईहरूलाई दिइने धान र हरियो घाँसको परिमाण पनि बढाइएकाले हात्तीको छावा स्वास्थ्य रहेको र माउहरु समेत स्वस्थ्य रहेको वहाँको भनाई छ। आरक्षमा हात्तीले छावा जन्माएको सूचना आसपासका गाउँमा फैलिएकाले हेर्न आउनेको घुइँचो लाग्दै आएकोमा झन महोत्सव भएकाले दैनिक हजारौले अवलोनक गरिहरेको जानकारी दिनुभयो। छावाको छेउमा मानिस नजाऊन् भनेर फलामे बार लगाइएको छ। यस्तै, जंगली हात्ती नछिरोस् भनेर सोलार जडित तारले बेरिएको छ। गर्भवती हात्तीको सुरक्षामा पनि विशेष ध्यान दिइएको जनाएको छ। उनीहरूलाई जंगली भालेले दुःख नदेओस् भनेर चरनका लागि धेरै टाढा चरिचरणका लागि लगिंदैन। सुत्केरी र गर्भवती ढोईलाई जंगली हात्तीबाट जोगाउन हात्तीसारमा राती आगो बालेर पहरा दिइनुका साथै नेपाली सेनाको गस्ती पनि बढाइएको छ। आरक्ष सुरक्षार्थ खटिएको सेनाको नियमित गस्तीले जंगली हात्ती हात्तीसारमा आउन नपाएको आरक्षका प्रमुख संरक्षण अधिकृत चौधरीले बताउनुभयो। वहाँले जंगली हात्ती आरक्षमा नआसो भनेर सोलार फेन्सी सहित धपाउनका लागि कोशी नदीको पूर्वी तटबन्धमा एक ट्याक्टर समेत राखिएको छ। ट्याक्टरको आबाजले जंगली हात्ती आरक्ष कार्यालय भन्दा टाढा भाग्छ।

जानकारी तथा लेखहरु