|
|
|
||
राजधानीमा तत्काल उपस्थित हुनुभएका सदस्यहरुका साथ प्रतिष्ठानका अध्यक्ष मेल्सम ओझाले जारी गर्नु भएको प्रेस विज्ञप्तिमा चिनियाँ जनताले वसन्त चाडलाई भव्य रुपमा स्वागत गर्ने तयारी गर्दै गर्दा कोरोना भाईरसबाट भोग्नुपरेको बिषम परिस्थितीले प्रतिष्ठान आवद्ध सदस्य तथा नेपाली जनता अत्यन्त दुःखी भएको बताईएको छ।
कोरोना भाईरसलाई पराजीत गर्ने उद्देश्यले उच्च मनोवलका साथ ज्यानको समेत प्रवाह नगरी चिनिया जनताको जीवन रक्षाको लागि अग्रिम मोर्चामा रहेर कोरोना भाईरस पीडित जनताको सुस्वास्थ्यका लागि अहोरात्र परिश्रम गरिरहनु भएका चिकित्सक, नर्सं, बैज्ञानिक, चिनिया जनमुक्ति सेना, चिनिया कम्युनिष्ट पार्टीका कमरेडहरु, किसान, मजदूर लगायत सबैमा उच्च सम्मान तथा धन्यवाद ज्ञापन गर्दै सो उहाँहरुको संघर्षमा नेपाल चीन प्रतिष्ठानको समेत साथ रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपाल चीन प्रतिष्ठानद्वारा जारी प्रेस विज्ञप्तिमा चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारले लिएको भाइरस बिरुद्दको नितिलाइ पुर्ण रुपमा समर्थन गरिएको छ।
विज्ञप्तिमा चीनका विभिन्न शहर तथा क्षेत्रका रहेका नेपाली विद्यार्थी तथा नेपाली नागरिकको स्वास्थ्य सुरक्षामा चीन सरकारले देखाएको जीम्मेवारी वोध तथा ख्यालविचारप्रति हार्दिक कृतज्ञता प्रकट गरिएको छ।
नेपाल चीन प्रतिस्ठानले आफ्ना सदस्यहरुलाई कोरोना भाइरस सम्बन्धी विभिन्न अफवाहहरुको पछाडी नलागी सो सम्बन्धि सही जानकारीको लागि चिनिया आधिकारिक समाचारपत्र, रेडियो, टेलिभिजन, अनलाईन तथा अन्य सुचना प्राप्त हुने स्रोत हेर्न, पढ्न र सत्य थाहा पाउन आफ्नो सामाजिक सञ्जाल मार्फत आव्हान गरेको छ।
मानवजातीको इतिहासमा समय समयमा यस किसिमको भयाबह स्थिती आउने गरेको प्रसंग उल्लेख गर्दै विज्ञप्तिमा तर छिमेकी चीन लगायतका अन्य मुलुकहरुले जस्तो सुकै विषम परिस्थितीमा पनि निरास नभई समाधानका विभिन्न बाटोहरु पहिल्याउदै अघि बढ्ने कुरामा प्रतिष्ठान विश्वस्त रहेको उल्लेख छ।
अध्यक्ष मेल्सम ओझाले प्रतिष्ठानका सदस्यहरु शिव पौडेल, प्रजित राज पराजुली, निराजन तिवारी, अनामिका कार्की, सुमन कोइराला, रमेश कुमार भट्टराई र आशिस कोखालीको उपस्थितीमा प्रेस विज्ञप्ति जारी गर्नुभएको हो।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |