फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल भ्रमण वर्षको पहिलो महिनामै पर्यटक घटे

(GMT+08:00) 2020-02-11 16:42:13

नेपाल भ्रमण वर्ष २०२० को पहिलो महिना जनवरीमा नै नेपाल आउने पर्यटकको संख्या घटेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२० को जनवरीमा ७९ हजार ६ सय ८६ पर्यटक नेपाल भित्रिएका छन्। गत वर्ष यही समयमा ८१ हजार २ सय ६४ जना पर्यटक नेपाल भित्रिएका थिए। अघिल्लो वर्षको जनवरीको तुलनामा यो वर्षको जनवरीमा नेपाल आउने पर्यटकको संख्यामा करिब १६ सयले घटेको हो। भारत तथा चीनका प्रमुख बजारमध्ये भारतको पर्यटकम नघटे पनि चिनियाँ पर्यटक घटेको कारोबार अनलाइनले लेखेको छ। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाएर एक वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकै पहिलो महिनामा जनवरीमाभारतवाट १६ हजार ८ सय ८२ पर्यटक नेपाल आएका छन्। सन् २०१९ मा भारतबाट १४ हजार ६ सय ५० पर्यटक आएका थिए। साथै, २०१९ मा १३ हजार ६ सय ८८ चिनीया पर्यटक नेपाल आएकोमा सन् २०२० मा ३ सय ८५ ले कमी भई १३ हजार ३ सय ३ जनामात्र नेपाल आएका छन्।

जानकारी तथा लेखहरु