फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रोगको प्रतिरोध गर्ने चीनको विश्वास, अठोट र कदम झन् सशक्त हुँदै जाने

(GMT+08:00) 2020-02-11 20:35:17
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं राष्ट्राध्यक्ष सी चिनफिङले फेब्रुअरी १० तारिख पैचिङमा नयाँ कोरोना भाइरसबाट संक्रमित निमोनिया रोगको निवारण र नियन्त्रण कार्यको निरीक्षण गर्नुभएको छ। त्यस क्रममा उहाँले हाल रोगको अवस्था अझ गम्भीर भएकाले झन् दृढ विश्वास, झन् अटल अठोट र झन् कडा कदमको सदुपयोग गर्नुका साथै जनतामा भर परेर रोग फैलिने प्रवृत्तिलाई रोकथाम गरी रोग निवारण र नियन्त्रण गर्ने जनयुद्ध, समष्टिगत युद्ध र प्रतिरोधात्मक युद्धको अन्तिम बिजय प्राप्त गर्नुपर्ने कुरामा जोड दिनुभएको छ।

एनसीपी देखा परेपछि चीनका सर्वोच्च नेताले रोग निवारण र नियन्त्रण कार्यबारे महत्वपूर्ण सम्बोधन गर्नुभएको यो तेस्रो पटक हो। त्यसअघि उहाँले अघिपछि दुईपटक गरी चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोको स्थायी समितिको बैठकको अध्यक्षता गर्दै महत्वपूर्ण सम्बोधन पनि गर्नुभएको थियो।

प्रतिभा, इज्जत र विश्वास नै जुनसुकै बेलामा ज्यादै महत्वपूर्ण विषय हुन्छ। एनसीपी देखा परेपछि चीनका सर्वोच्च नेताको निर्देशन र बन्दोबस्त अनुसार रोग प्रतिरोध गर्ने केन्द्रीय कार्य निर्देशन टोलीको एकृ नेतृत्वमा चिनियाँ समाजले एकताबद्ध भएर ठूलो काम चलाउने व्यवस्थाको श्रेष्ठताको सदुपयोग गर्दै रोग निवारण र नियन्त्रण कार्यलाई क्रमश: अघि बढाएर केही प्रगति पनि प्राप्त गर्दै आएको छ।

जानकारी तथा लेखहरु