चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले फेब्रुअरी १२ तारिख इन्टरनेटमार्फत आयोजित पत्रकार सम्मेलनमा यूरोपेली संघ लगायतका अन्तर्राष्ट्रिय समाजले एनसीपीको प्रतिरोध गर्न चीनलाई समर्थन र सहायता गरेकोप्रति चीनले हृदयको कृतज्ञता व्यक्त गरेको बताउँदै निरन्तर रुपमा खुलस्त, स्पष्ट र दायित्वपूर्ण धारणा लिएर विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय समाजसँगको आदान-प्रदानलाई सबल पारी सँगै मिलेर रोगको सामना गरी छिटोभन्दा छिटो गरी रोगलाई जित्न चीन इच्छुक रहेको औँल्याउनुभएको छ।
प्राप्त जानकारी अनुसार, यूरोपेली संघका २७ वटा सदस्य मुलुकका स्वास्थ्य मन्त्रीहरूले आगामी १३ तारिख एनसीपी सम्बन्धी विशेष सम्मेलनको आयोजना गर्दै विभिन्न सदस्य मुलुकको आ-आफ्नो कारवाईबारे विचार-विमर्श गर्ने कार्यक्रम रहेको छ।
रोगको निवारण र नियन्त्रण गर्ने सन्दर्भमा देशको सीमाना छैन भन्ने कुरा बताउँदै रोगको सामना गर्दा अन्तर्राष्ट्रिय समाजले आपसी आदान-प्रदान र समन्वयलाई सबल पारी एकताबद्ध भएर त्यसलाई जित्नुपर्ने कुरामा प्रवक्ता कङले जोड दिनुभएको छ।