फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आबास क्षेत्र चीनका लागि एनसीपीको निवारण र नियन्त्रण गर्ने सशक्त पेटी

(GMT+08:00) 2020-02-12 19:33:46

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं राष्ट्राध्यक्ष सी चिनफिङले हालै पैचिङमा एनसीपीको निवारण र नियन्त्रण कार्यको निरीक्षण गर्नुभएको छ। निरीक्षण क्रममा उहाँले आबास क्षेत्र संयुक्त रुपमा रोग निवारण र नियन्त्रण गर्ने पहिलो लाइन भएको भन्दै बाह्य क्षेत्रबाट भित्रिन नदिने र अन्तैतिर फैलन नदिने सबभन्दा प्रभावकारी पेटी रहेको कुरामा जोड दिनुभयो। समस्त चीनले रोगको निवारण र नियन्त्रण गर्ने प्रक्रियामा आबास क्षेत्रको प्रतिरोधात्मक भूमिकाको विस्तृत रुपमा निर्वाह गर्नुका साथै सबै आबास क्षेत्रलाई रोग निवारण र नियन्त्रण गर्ने सशक्त पेटीको रुपमा बनाउनुपर्ने निर्देशन पनि उहाँले दिनुभएको छ। उहाँको निर्देशनले रोग निवारण र नियन्त्रण गर्ने र समाजको सञ्चालन गर्ने क्रममा आबास क्षेत्रले निर्वाह गरेको विशेष भूमिकाको ब्याख्या गर्नुका साथै रोग निवारण र नियन्त्रण कार्यलाई अघि बढाउनका लागि महत्वपूर्ण विन्दु र सही दिशा पनि देखाएको छ।

एनसीपी देखापरेपछि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोको स्थायी समितिको बैठकले आधारभूत तहको रोग निवारण र नियन्त्रण कार्यका लागि ठोस बन्दोबस्त मिलाएको छ। राष्ट्रिय स्वास्थ्य विभागले रोग निवारण र नियन्त्रण सम्बन्धी आबास क्षेत्रको कार्यलाई सबल पार्ने सूचना सार्वजनिक गरेको छ भने विभिन्न स्थानहरूले बेग्ला बेग्लै गरी आ-आफ्नो वास्तविक अवस्था बमोजिम विविध कदम चालेका छन्।

रोग निवारण र नियन्त्रण कदमलाई मजबुत पार्नुका साथै चीनको शहर तथा ग्रामीण क्षेत्रका आबास क्षेत्रहरूले बासिन्दाहरूको आधारभूत जीवनयापनलाई सुनिश्चित पार्नका लागि शृंखलाबद्ध कदम पनि अपनाएका छन्।

जानकारी तथा लेखहरु