चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो अन्तर्गत स्थायी समितिको बैठक आयोजना भएको छ। बैठकले एनसीपी कार्य सम्बन्धी निर्देशन टोलीको प्रतिवेदन सु्न्नुका साथै वर्तमान रोगको अवस्थाको विश्लेषण गरी रोग निवारण र नियन्त्रण कार्यलाई कसरी सबल पार्ने विषयको पनि अनुसन्धान गरेको छ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले बैठकको अध्यक्षता गर्दै महत्वपूर्ण सम्बोधन पनि गर्नुभएको छ। आफ्नो सम्बोधनमा उहाँले हाल रोग निवारण र नियन्त्रण कार्य सबभन्दा महत्वपूर्ण चरणमा प्रवेश भएकाले रोग निवारण र नियन्त्रण कार्यलाई अझ जोडतोडसँग गर्दैजाने कुरामा पनि जोड दिनुभएको छ।