फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उ हानमा ७ वटा शिविर अस्पताल सञ्चालनमा

(GMT+08:00) 2020-02-13 18:48:02
एनसीपीको निवारण र उपचार कार्य राम्रोसँग गर्नका लागि हाल उ हान शहरमा ७ वटा शिविर अस्पताल अर्थात् फाङ छाङ अस्पताल सञ्चालनमा आइसकेका छन्। एनसीपी सम्बन्धी चिकित्सा संस्थाको संख्या ४० भन्दा बढी पुगेको छ। रोगीहरूलाई औषधोपचार र उनीहरूलाई भर्ना गराइएको क्षमता उकासिएको देखिन्छ।

प्राप्त जानकारी अनुसार, हाल सञ्चालनमा रहेका ती ७ वटा शिविर अस्पतालमा चिकित्सक र नर्सहरूको कूल संख्या ४ हजार ९ सय ६६ रहेको छ। गत फेब्रअरी ६ तारिखदेखि ती शिविर अस्पताले बिरामीलाई भर्ना गराएदेखि यता १२ तारिखसम्म ४ हजार ३ सय १३ जना बिरामीलाई अस्पतालमा भर्ना गरिसकेको छ।

यसका अतिरिक्त उ हान शहरले हाल "ज्वरो आएका रोगीहरू नजिकमा उपचार गर्ने" र "सबै आबास क्षेत्रमा बन्द व्यवस्थापन गरिने" आदि कदम चालेको आधारमा समस्त शहरका सबै बासिन्दाहरुको जाँचबुझ र सर्वेक्षणलाई पनि सबल पारेको छ।

जानकारी तथा लेखहरु