फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विभिन्न मुलुकका जनताले रोगको प्रतिरोध गर्न चीनलाई नैतिक समर्थन गरेकोमा चीनद्बारा प्रशंसा

(GMT+08:00) 2020-02-13 18:49:43
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले फेब्रुअरी १३ तारिख इन्टरनेटमार्फत आयोजित पत्रकार सम्मेलनमा विविध मुलुकका जनता विशेषत: युवापुस्ता र किशोर-किशोरीहरूले एनसीपी प्रतिरोध गर्न चीनलाई नैतिक समर्थन गरेकोमा चीनले प्रशंसा गरेको बताउनुभएको छ। विश्वका जनताको समझदारी र समर्थनमा चिनियाँ जनताले अवश्य नै एनसीपीलाई जित्ने अन्तिम बिजय प्राप्त सक्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ।

हाल इटली, जापान र बेलायत लगायतका विविध मुलुकका युवायुवती र किशोर-किशोरीहरूले सार्वजनिक स्थलमा भेला भई, चन्दा दिने र चिनियाँ गीत गाउने आदि कार्यमार्फत एनसीपीको प्रतिरोध गर्न चीनलाई नैतिक समर्थन गरेका छन्।

चीन सरकार र चिनियाँ जनताले ती मायालु भिडियोको प्रशंसा गरेको बताउँदै प्रवक्ता कङले विविध मुलुकका जनताले विभिन्न तरिकामार्फत देखाएको सोझो, माया र साहसको चीनले उच्च सराहना र हृदयको कृतज्ञता प्रकट गरेको कुरा पनि औँल्याउनुभएको छ।

जानकारी तथा लेखहरु