फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोना भाइरसको विरुद्ध युद्ध सम्बन्धी तथ्याङ्कह

(GMT+08:00) 2020-02-14 15:31:08

नयाँ कोरोना भाइरस सङक्रमित निमोनिया रोग नै सन् २०२० मा चीनका सामु देखापरेको पहिलो ठूलो चुनौति हो। यस चुनौतिले चीनको राष्ट्रिय व्यवस्थापन क्षमताका लागि एक गम्भीर परीक्षण सिर्जना गरेको छ। यस महामारी विरुद्ध युद्ध सम्बद्ध तथ्याङ्कबाट चीनको शक्ति प्रतिबिम्बित भएको छ।

जनवरी २३ तारिख विहान १० देखि कोरोना भाइरसको विस्तारलाई प्रतिरोध तथा नियन्त्रण गर्नका लागि करोडभन्दा बढी जनसंख्या रहेको उहान शहर २३ दिनदेखि बन्द रहेको छ। राष्ट्रिय स्वास्थ्य परिषदको सम्बन्धित तथ्याङ्कअनुसार यही फेब्रअरी १२ तारिख मध्य रातसम्ममा चीनको मुख्य भूमिमा सुचिश्चित कोरोना भाइरस सङक्रमित जनसंख्या ५२५२६ पुगेको छ भने यसमध्ये ४३४५५ जना हु पै प्रान्तमा रहेका छन् र ३००४३ जना उहानमा रहेका छन्। यसप्रति विश्व स्वास्थ्य संगठनका महाप्रबन्धकले उहानको उक्त कदमले यस महामारीको प्रचारलाई हटाउनुका साथै विश्वव्यापी क्षेत्रमा यस महामारीको फैलावटलाई न्यूनतम रुपमा हटाएको टिप्पणी गर्नुभएको छ।

१० दिनमा निर्माण पूरा भएको हो शन शान अस्पताल र १२ दिनमा निर्माण पूरा भएको लै शन शान अस्पतालले करोडभन्दा बढी चिनियाँ इन्टर्नेट प्रयोगकर्ताको नजर आकर्षित गरेका छन्।

फेब्रअरी १३ तारिख मुख्य भूमिले २० हजारभन्दा बढी चिकित्सक तथा नर्सलाई उहान र हु पै प्रान्तमा पठाएको छ। १९ प्रान्तले हु पैका १६ शहरसँग"प्रत्यक्ष सहायतासम्बन्ध"राखेका छन्। १२ तारिखसम्म मुख्य भूमिका व्यवसायहरुले हु पै प्रान्तलाई ७ लाख २६ हजार ७ सय मेडिकल सुरक्षात्मक पोशाक,३ लाख ५८ हजार ४ सय मास्क,१५६ एम्बुलेन्स,२ हजार २ सय ८६ भेंटिलेटर,६ हजार ९ सय २९ ईसीजी मोनिटर,७ सय ६१ वटा स्वचालित इन्फ्रारेड थर्मोमिटर पठाएका छन्।

सम्पूर्ण राष्ट्रले एकताबद्ध भएर औषधोपचार स्रोतसाधन मिलाएर यस महामारीविरुद्ध युद्धको सबैभन्दा अगाडि क्षेत्रमा पठाएबाट आकस्मिक घटनामा चीनको विशाल शक्ति प्रतिबिम्बित भएको छ।

जानकारी तथा लेखहरु