फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोनाभाइरसको नियन्त्रणमा ली नेतृत्व टोलीको बैठक

(GMT+08:00) 2020-02-14 15:40:35
फेब्रुअरी १३ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोका स्थायी सदस्य, चीनको राज्य परिषदका प्रधानमन्त्री एवं कोरोनाभाइरस नियन्त्रण चिनियाँ केन्द्रीय समितिको नेतृत्व समूहका प्रमुख ली ख छ्याङले कोरोनाभाइरस नियन्त्रण कार्यको नेतृत्व समूहको बैठक आयोजना गर्दै अध्यक्षता गर्नुभएको छ।

चिनियाँ कम्युनिष्ट्र पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोका स्थायी सदस्य एवं कोरोनाभाइरस नियन्त्रण चिनियाँ केन्द्रीय समितिको नेतृत्व समूहका उपप्रमुख वाङ हु निङ सो सम्मेलनमा सहभागी हुनु भएको छ।

सो सम्मेलनमा विभिन्न क्षेत्रका कोरोनाभाइरस सम्बन्धी विभागहरूले चीनका राष्ट्राध्यक्ष सी चिन फिङबाट औंल्याउनुभएको महत्वपूर्ण निर्देशन र चिनियाँ केन्द्रीय समितिको राजनीतिक व्यूरोको स्थायी समितिका बैठकमा निश्चित भएको उद्देश्यमा पुग्नुपर्ने कुरामा जोड दिइएको छ। साथै कोरोनाभाइरस नियन्त्रण चिनियाँ केन्द्रीय समितिको नेतृत्व समूहका अनुसार कामको महत्वपूर्ण बिन्दुमा ध्यान दिनुपर्छ, समग्ररूपमा योजना बनाउनुपर्छ र विभिन्न किसिमको कामको बेल्गाबेग्लैरूपमा निर्देशन गर्नुपर्छ। साथै विभिन्न क्षेत्रका अनुसार विशेष निर्णय बनाउनुपर्ने बिषयहरू सो बैठकमा पनि सार्वजनिक गरिएको छ। सो बैठकले कोरोनाभाइरस प्रतिरोधको लडाईंलाई सफलताका साथ जित्नुपर्ने साथै यस बर्षको आर्थिक सामाजिक विकासको लक्ष्यलाई साकार तुल्याउनुपर्ने बिषय पनि औंल्याएको छ।

जानकारी तथा लेखहरु