फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोना भाइरसको प्रतिरोध गर्न चीनका राष्ट्राध्यक्ष सीलाई मलेशियाका प्रधानमन्त्रीको टेलिफोन वार्ता

(GMT+08:00) 2020-02-14 15:46:08

हिजो फेब्रअरी १३ तारिख राति चीनका राष्ट्राध्यक्ष सी चिन फिङले मलेशियाका प्रधानमन्त्री महाधिर बिन महमदसँग टेलिफोन गर्नुभएको छ। टेलिफोनमा राष्ट्राध्यक्ष सीले महाथिर चिनियाँ जनताका पूराना साथी हुनुभएको औंल्याउँदै हालै चिनियाँ जनताले कोरोना भाइरसको प्रतिरोध गरेको मुख्य समयमा उहाँले टेलिफोन गर्नुभएकाले मलेशियाले चीनप्रति समर्थन गरेको देखा परेको राष्ट्राध्यक्ष सीले बताउनुभयो। कोरोना भाइरसले चीन मलेशियाबीचको सामान्य आवत जावतलाई प्रभाव पारेता पनि दुई मुलुकका जनताबीचको गहिरो मित्रतालाई हल्लाउन नसक्ने राष्ट्राध्यक्ष सीले टेलिफोनमा बताउनुभएको छ। चीन र मलेशियाले संयुक्त रुपमा कोरोना भाइसको प्रतिरोध गर्नुका साथै दुई मुलुकको सम्बन्धलाई गहन पारी विशेष गरी बीआरआई सहयोगलाई गहन पार्नुपार्ने, दुई मुलुक र जनतालाई हित कल्याण पुर्‍याउनुपर्ने राष्ट्राध्यक्ष सीले बताउनुभएको छ।

प्रधानमन्त्री महाथिरले टेलिफोनमा राष्ट्राध्यक्ष सीको नेतृत्वमा चिनियाँ जनताले कोरोना भाइरसलाई अवस्य जिन्ते र चीनको विकास पुःन सामान्य अवस्थामा फर्कने बताउनुभयो।

जानकारी तथा लेखहरु