फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उहानको होशनशान अस्पतालमा भर्ना गरिएका बिरामीको संख्या १ हजार

(GMT+08:00) 2020-02-14 17:49:44
फेब्रअरी ४ तारिखदेखि उहान होशनशान अस्पतालले १ हजारजना एनसीपी बिरामीलाई भर्ना गरिसकेको छ। १३ तारिख दिउँसो पहिलो चरणका ७ जना पूर्ण रुपमा स्वस्थ भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

अस्पतालबाट डिस्चार्ज भएका ७ जनामध्ये ६६ वर्षीय व्यक्ति सबैभन्दा पाको रहेका छन् भने ३३ वर्षीय व्यक्ति सबैभन्दा कम उमेरका छन्।

ती बिरामीहरूलाई छिटोभन्दा छिटो निको पार्नका लागि प्रत्येक रोगी अस्पतालमा प्रवेश हुने बित्तिकै अस्पतालले विशेष: हरेक रोगीका लागि स्वतन्त्र उपचार योजना तर्जुमा गरेको छ। सो योजनामा मनोवैज्ञानिक परामर्श र जीवनयापनको ठोस विषय पनि समावेश छन्।

हाल होशनशान अस्पतालमा भर्ना गरिएका बिरामीहरूको कूल संख्या १ हजार पुगेको छ भने गम्भीर अवस्थामा रहेका रोगीहरूको अवस्था पनि मोटामोटी रुपमा स्थिर रहेको देखिन्छ।

जानकारी तथा लेखहरु