फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

च्याङ सीका ४ महिनाको शिशु एनसीपीबाट स्वास्थ भई डिस्चार्ज

(GMT+08:00) 2020-02-14 19:11:20
फेब्रअरी १२ को मध्यरात १२ बजेसम्म च्याङ सी प्रान्तमा कोरोना भाइरसको संक्रमण भए निको भएर डिस्चार्ज भएका व्यक्तिको संख्या १८ रहेको छ। तीमध्ये ४ महिनाअघि मात्र जन्मिएको एकजना बच्चा पनि समावेश छन्। हालसम्म च्याङ सीमा अघिपछि गरी निको भएर डिस्चार्जका व्यक्तिहरूको कूल संख्या १ सय ७० पुगेको छ।

च्याङ सी प्रान्तीय स्वास्थ्य परिषद्ले १३ तारिख जनाए अनुसार, ती चार महिनाको बच्चा १२ तारिख कान चौ शहरको पाचौँ जन अस्पतालबाट डिस्चार्ज भएको छ। हालसम्म उनी च्याङ सीमा औषधोपचार गरिएपछि निको भएका सबभन्दा कम उमेरका व्यक्ति पनि हुन्।

गत जनवरी ३० तारिख ती बच्चा र उनका बुवाआमाका साथमा कान चौ शहरको पाचौँ जन अस्पतालमा उपचार गर्न पुर्‍याइएको थियो। उनका बुवा गत ९ तारिख निको भएर अस्पतालबाट डिस्चार्ड भएका छन् भने उनकी आमा हाल पनि उपचारकै क्रममा रहिरहेकी छन्।

जानकारी तथा लेखहरु