फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकासित एनसीपीको सामना गर्न चीनद्बारा सकारात्मक र खुलस्त

(GMT+08:00) 2020-02-14 19:12:51
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले फेब्रुअरी १४ तारिख पैचिङमा एनसीपी देखा परेयता चीनले अमेरिकासित सकारात्मक र खुलस्त धारणा लिएर सहकार्य गर्दै आएको बताउँदै निरन्तर रुपमा अमेरिका लगायत अन्तर्राष्ट्रिय समाजसँगै मिलेर रोगको सामना गरी विश्वको सार्वजनिक स्वास्थ्यको सुरक्षाको संरक्षण गर्दै जान चीन इच्छुक रहेको कुरा पनि औँल्याउनुभएको छ।

प्राप्त जानकारी अनुसार, अमेरिकी ह्वाइट हाउस अन्तर्गत राष्ट्रिय आर्थिक परिषद्का अध्यक्ष लारी कुड्लोले एनसीपीको निवारण र नियन्त्रण कार्यमा संलग्न हुन अमेरिकालाई निमन्त्रणा नदिएको र चीनसँग स्पष्टता अभाव रहेकोप्रति अमेरिका निराशा रहेको कुरा जनाउनुभएको थियो। प्रवक्ता कङले आजै इन्टरनेटमार्फत आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त विषयबारे चर्चा गर्दै रोग देखा परेयता चीनले विश्व सार्वजनिक स्वास्थ्यको सुरक्षा र जनताको स्वास्थ्यका लागि उच्च दायित्वपूर्ण धारणा लिएर अन्तर्राष्ट्रिय समाजसँगै हातमा हात मिलाएर रोगको सामना गर्दै आएको कुरामा जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु