फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बिनाशकारी रोग निवारण र नियन्त्रण व्यवस्था र प्रणालीलाई पूर्णता दिलाउन सीको निर्देशन

(GMT+08:00) 2020-02-14 19:21:44

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष एवं केन्द्रीय समिति अन्तर्गत सम्पूर्ण रुपमा सुधारलाई गहन पार्ने परिषद्का प्रमुख सी चिनफिङले फेब्रअरी १४ तारिख दिउँसो केन्द्रीय समिति अन्तर्गत सम्पूर्ण रुपमा सुधारलाई गहन पार्ने परिषद्को १२ औँ बैठकको अध्यक्षता गर्दै महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

आफ्नो सम्बोधनमा उहाँले जनताको प्राण रक्षा र स्वास्थ्यलाई सुनिश्चित पार्नु नै चिनियाँ कम्युनिष्ट पार्टीले देशको व्यवस्थापन र राजनीतिको सञ्चालन गर्ने एक महत्वपूर्ण कार्यभार रहेको औँल्याउनुभएको छ।

अबउपरान्त बिनाशकारी रोगको निवारण र नियन्त्रण व्यवस्था र प्रणाली र देशको सार्वजनिक स्वास्थ्यको आकस्मिक व्यवस्थापन प्रणालीलाई पूर्णता दिलाउनुपर्ने कुरामा पनि उहाँले जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु