फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन लक्षित विविध झुठा कुराहरू कहाँबाट सिर्जना हुन्छन्?

(GMT+08:00) 2020-02-14 21:08:50
चिनियाँ जनताले सकेसम्म प्रयास गरेपछि एनसीपीको निवारण र नियन्त्रण कार्यमा केही सकारात्मक प्रगति प्राप्त गरेको छ। फेब्रअरी १३ तारिखसम्म चीनको मुख्य भूमिमा हु पै बाहिरका क्षेत्रमा नयाँ थपिएका निश्चित बिरामीको कूल संख्या २ सय ६७ रहेको छ। जुन तथ्याङ्क लगातार १० दिनसम्म तल झरेको देखिन्छ।

तर अन्तर्राष्ट्रिय समाजले त्यस प्रगतिप्रति हौसला दिएको बेला केही नकारात्मक आवाज फेरि देखिएको छ।

हाल न्यूयोर्क टाइम्सले सार्स, पंक्षी रुघा र नयाँ कोरोना भाइरस: किन धेरै किसिमका सरुवा रोग चीनमै आकस्मिक रुपमा देखा परेको छ? शीर्षकमा एउटा लेख प्रकाशित गरेको छ। त्यस लेखले बाज समूहका राजनीतिक व्यक्ति अर्थात् अमेरिकी राष्ट्रिय व्यापारिक परिषद्का अध्यक्ष पेटर नाभारोको कुरालाई उद्धृत गर्दै चीनलाई "रोगको सिर्जना गर्ने यन्त्र" भन्ठानेको छ। चीनलाई बदनाम गरेको यस्तो कारवाही केही अमेरिकी राजनीतिक व्यक्ति र सञ्चार-माध्यममा पहिलो होइन।

तैपनि अन्तर्राष्ट्रिय समाजको सहायता र समर्थन जारी रहँदा विभिन्न पक्षहरूले सक्रियताका साथ शक्ति जुट्टाइरहेका छन्।

जानकारी तथा लेखहरु