फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ वर्षको पर्वमा घरमै बसेर मनोरञ्जन लिने चिनियाँहरु

(GMT+08:00) 2020-02-15 19:59:29

वसन्त चाड चिनियाँका वर्षको सबैभन्दा रमाइलो चाड पर्व हो। त्यस अवधिमा मानिसहरू आपसमा भेट्ने, किनमेल गर्ने, सँगसँगै भोज खाने र विभिन्न किसिमका परम्परागत रुपमा मनाउने गर्दछन्। चालु वर्षको वसन्त चाडमा एनसीपी फैलावट नदिनका लागि चीनका १ अर्बभन्दा बढी जनताले सरकारको आह्वान बमोजिम बाहिर नगएर आ-आफ्नो घरमै बसेर अलग हुने छनौट गरेका छन्। त्यसैगरी आफ्नो घरमा बसेका चिनियाँहरूले विविध उपायमार्फत मनोरञ्जनात्मक गतिबिधि पनि सिर्जना गरेका छन्।

हु पै प्रान्तको स्याङ याङ शहरका बासिन्दा श्रीमती चाङले आफ्नो घरमा बसेको १ हप्ताको अवधिमा जम्मा ८०७ वटा खरबुजाका बियाद्बारा १० भन्दा बढी अनौठा चित्रहरू बनाउनु भएको छ। ती सुन्दर बियाका चित्रको वेभसाइटका प्रयोगकर्ताहरूले प्रशंसा गरेका छन्।

ल्याउ निङ प्रान्तको ता लेन शहरको एक जोडी दम्पत्ति खेलकुद शिक्षक-शिक्षिका हुनुहुन्छ। उहाँहरूले घरमा मनोरन्जनान्तम रुपमा खेलिने भिडियो वेभसाइटमा राख्नु भएको छ। करिब ४ दिनको समयमा सो भिडियो ६ करोडभन्दा बढीले हेरेका छन्। अहिले ती दम्पत्ति तुरुन्तै इन्टरनेटका सेलिब्रिटी बनिसकेका छन्।

1  2  
जानकारी तथा लेखहरु