फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एनसीपीको निवारण र नियन्त्रण कार्य सबभन्दा महत्वपूर्ण चरणमा प्रवेश

(GMT+08:00) 2020-02-15 20:08:07

हाल नयाँ भाइरसबाट संक्रमित निमोनिया रोग अर्थात् एनसीपीको निवारण र नियन्त्रण कार्य सबभन्दा महत्वपूर्ण चरणमा प्रवेश भएकाले अबउपरान्त रोग लागे तापनि अस्पतालमा भर्ना गराउन नसकेका बिरामीहरूको संख्यालाई सुन्य पार्ने जानकारी राष्ट्रिय स्वास्थ्य परिषद्को पार्टी टोलीका सदस्य, उपप्रमुख एवं हु पै प्रान्तीय पार्टी परिषद्का स्थायी सदस्य वाङ ह शङले फेब्रुअरी १५ उहानमा दिनुभएको हो।

राज्य परिषद्को प्रेस कार्यालयले आजै उहान शहरमा पत्रकार सम्मेलन आयोजना गरेको छ। राष्ट्रिय स्वास्थ्य परिषद्को पार्टी टोलीका सदस्य, उपप्रमुख एवं हु पै प्रान्तीय पार्टी परिषद्का स्थायी सदस्य वाङ ह शङले सो पत्रकार सम्मेलनमा सम्बद्ध अवस्थाबारे जानकारी दिनुभएको छ।

उहाँका जानकारी अनुसार, फेब्रुअरी १४ तारिख मध्यरात बाह्र बजेसम्म विभिन्न स्थानले जम्मा २ सय १७ वटा चिकित्सा टोलीलाई पठाइसकेको छ भने जम्मा २५ हजार ६ सय ३३ जना चिकित्साकर्मीहरूले उहान र अन्य शहरमा सहयोग गरिरहेका छन्।

रोग उपचारा गर्ने क्रममा चिनियाँ जडिबुटीले विशेष भूमिका पनि निर्वाह गरेको छ। त्यसैगरी हुपै क्षेत्रमा रहेका आधाभन्दा बढी निश्चित बिरामीहरूलाई चिनियाँ जडिबुटीको औपधोपचार गरिएको जानकारी पनि प्रमुख वाङले दिनुभएको छ।

जानकारी तथा लेखहरु