फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-डब्लुएचओको एनसीपी सम्बन्धी संयुक्त विशेषज्ञ निरीक्षण टोलीद्बारा ३ वटा प्रान्त र शहरको निरीक्षण गर्ने

(GMT+08:00) 2020-02-15 20:09:07

विश्व स्वास्थ्य संगठन डब्लुएचओका सम्बद्ध विशेषज्ञहरू यस सप्ताहान्तमा पैचिङ आइपुग्ने छन्। त्यसपछि चीन-डब्लुएचओको एनसीपी सम्बन्धी संयुक्त विशेषज्ञ निरीक्षण टोलीले शृंखलाबद्ध कार्य थाल्न लागेको जानकारी राष्ट्रिय स्वास्थ्य परिषद्का प्रेस प्रवक्ता मी फङले फेब्रुअरी १५ तारिख पैचिङमा दिनुभएको छ।

राज्य परिषद् अन्तर्गत संयुक्त प्रतिरोध र नियन्त्रण व्यवस्थाले १५ तारिख पैचिङमा पत्रकार सम्मेलनको आयोजना गरेको छ। संयुक्त विशेषज्ञ निरीक्षण टोलीले संयुक्त प्रतिरोध र नियन्त्रण व्यवस्थाका सम्बन्धित विभागहरूसित गहन आदान-प्रदान गर्नुका साथै ३ वटा प्रान्त र शहरको वास्तविक निरीक्षण गर्ने जानकारी पनि प्रेस प्रवक्ता फङले दिनुभएको छ। उहाँका अनुसार, संयुक्त विशेषज्ञ निरीक्षण टोलीले शहर तथा ग्रामीण क्षेत्रको निवारण र नियन्त्रण गर्ने कदम र प्राप्त उपलब्धिबारे जानकारी लिनुका साथै सरुवा रोगको अनुसन्धान, चिकित्सा तथा औषधोपचार, प्रयोगशालाको सर्वेक्षण र वैज्ञानिक अनुसन्धान लगायतका सम्बद्ध संस्थाको भ्रमण गरी चीन र विश्व रोग निवारण र नियन्त्रणका लागि राय-सुझाव पनि प्रस्तुत गर्नेछ।

जानकारी तथा लेखहरु