फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रोगबारे जानकारी दिने खुलस्त र स्पष्ट चिनियाँ तरिका

(GMT+08:00) 2020-02-15 20:10:02

पत्रकार सम्मेलन नै अन्तर्राष्ट्रिय समाजले चीनले रोग निवारण र नियन्त्रण गर्ने अवस्थाबारे जानकारी लिने एउटा झ्याल रहेको छ।

चीनको राज्य परिषद् प्रेस कार्यालयले फेब्रुअरी १५ तारिख उहानमा पत्रकार सम्मेलनको आयोजना गर्दै देशभित्र र बाहिरसमक्ष हुपैको रोग निवारण र नियन्त्रण तथा चिकित्सा र औषधोपचारको अवस्थाबारे जानकारी दिएको छ। राज्य परिषद्को प्रेस कार्यालयले पत्रकार सम्मेलनको तत्स्थानलाई रोग निवारण र नियन्त्रणको पहिलो लाइनमा सार्नुका साथै फाइभ जीको प्रत्यक्ष प्रसारण र भिडियोद्बारा सुदुर दूरीमा प्रश्न उठाउने कदम पनि चालेको छ। त्यसैले मानिसहरूले वर्तमान चीनको रोग निवारण र नियन्त्रण अवस्था र प्रगतिबारे अझ प्रत्यक्ष रुपमा जानकारी लिन सकेका छन्।

फेब्रअरी १ तारिखपछि उ हानमा प्रत्येक दिन नयाँ थपिएको निश्चित बिरामीको संख्या तल झर्दै आएको प्रवृत्ति देखा परेको छ। समस्त देशमा हुपै बाहेक अन्य प्रान्तमा नयाँ थपिएको निश्चित बिरामीहरूको संख्या लगातार १० दिनसम्म तल झरेको देखिन्छ। र उहानका सबभन्दा अघिका २ वटा गभ्मीर रोग सम्बन्धी निश्चित अस्पतालमा निको भएर डिस्चार्ज भएको दर क्रमशः ३० प्रतिशत र ३९ प्रतिशत पुगेको छ।

उक्त अनेकन् तथ्याङ्कबाट के प्रमाणित हुन्छ भने चीनले सक्दो प्रयासमार्फत रोग निवारण र नियन्त्रण अवस्थामा सकारात्मक प्रगति प्राप्त गरेको छ। त्यस क्रममा खुलस्त र स्पष्ट रुपमा सार्वजनिक गरिने सिद्धान्तले महत्वपूर्ण भूमिका निर्वाह खेल्दै आएको छ।

जानकारी तथा लेखहरु