फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एनसीपीको संक्रमणमा भावनात्मक रुपमा सबै चिनियाँ एकतावद्ध

(GMT+08:00) 2020-02-16 18:27:34
गम्भीर रोग देखा परेको अवस्थामा सबैजना एकता भएका छन्। कोही पनि अलग भएर हिँड्न सकेका छैनन्। फाङ छाङ अस्पताल अर्थात् शिविर अस्पतालले विशेषत: एनसीपी लागेका त्यति गम्भीर अवस्था नभोगेका बिरामीहरूलाई भर्ना गराएको छ। चाइना मिडिया ग्रुप मातहतको याङ श फिङ नामको एप्लिकेसनले त्यस अस्पतालको निर्माण प्रक्रियालाई निरन्तर रुपमा प्रत्यक्ष प्रसारण गरेकाले लगभग १० करोड वेभसाइटका प्रयोगकर्ताहरूलाई आकर्षित गरेको छ।

गत १४ तारिख मध्यरात बाह्र बजेसम्म चीनका विभिन्न स्थानहरूले जम्मा २ सय १७ वटा चिकित्सा टोली र २५ हजार ६ सय ३३ जना चिकित्साकर्मीहरूलाई हुपैतर्फ पठाइसकेका छन्। ती चिकित्साकर्मीहरूले दिनरातभर बिरामीहरूलाई औषधोपचार गर्नुका साथै विविध तरिकामार्फत उनीहरूका लागि मनोबैज्ञानिक परामर्श पनि गरिरहेका छन्।

जीवनलाई निकै माया गर्ने चिनियाँहरूले यस्तो विशेष अवधिलाई अनौठो र मनोरञ्जनात्मक बनाएका छन्। किनकि चिनियाँहरूका आँखामा जीवन एक कप अफ चिया जस्तै छोटो क्षणसम्म तिखो हुने गर्दछ। तैपनि तिखो चाखेपछि गुलियो स्वाद अवश्य नै आउने गर्दछ। दु:खको वरिपरि सुख पनि चाख्न पाइन्छ। यस पटकको रोगबाट हामीले साहस, प्रभावित भावना र आत्म विश्वास लगायतका अधिकांश विषयहरू पनि पाएका छौँ।

जानकारी तथा लेखहरु