
चीनको राज्य परिषद्का सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीले फेब्रुअरी १५ तारिख म्युनिखमा ५६ औँ म्युनिख सुरक्षा सम्मेलनमा सहभागी हुँदै गणतन्त्र कोरियाली विदेश मन्त्री काङ क्युङ ह्वासँग भेटघाट गर्नुभएको छ।
भेटका अवसरमा परराष्ट्र मन्त्री वाङले गणतन्त्र कोरियासँगको आदान-प्रदान र सम्पर्कलाई सबल पारी चालु वर्ष निर्धारित गरिने उच्च तहको आवत-जावतका लागि तयारी गर्न चीन इच्छुक रहेको बताउनुभएको छ। साथै सक्रियताका साथ चिकित्सा, विज्ञान र प्रविधि आदि नयाँ क्षेत्रको सहकार्य चलाएर दुवै देश बीचको रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई अघि बढाउँदै जाने आशा पनि व्यक्त गर्नुभएको छ।
प्रत्युत्तरमा विदेश मन्त्री काङ क्युङ ह्वाले गणतन्त्र कोरिया र चीन छिमेकी हुन् भन्दै चीन सरकार र चिनियाँ जनताले एनसीपीको प्रतिरोध गर्न ठूलो प्रयास गरेको कुराको गणतन्त्र कोरियाले उच्च प्रशंसा गरेको बताउनुभएको छ। त्यस रोगलाई छिटोभन्दा छिटो गरी नियन्त्रण गर्नसकिने प्रतीक्षामा गणतन्त्र कोरिया रहिरहेको कुरा पनि उहाँले जनाउनुभएको छ।