फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारी नियन्त्रण गर्न चीन किन विश्वस्त छ?

(GMT+08:00) 2020-02-17 16:45:53
सोह्र तारिखको २४ बजेसम्म हु पै प्रान्तबाहेक चीनको मुख्यभूमिमा नयाँ कोरोना भाइरस निमोनियाले संक्रमितको नयाँ तथ्यांकका घटनाहरू लगातार 13 दिनदेखि घट्दै आएका छन्। यसका साथै निको भएका व्यक्तिहरुको संख्या द्रूत गतिमा वृद्धि भएको छ भने १० हजार ८ सय ४४ भन्दा बढी बिरामीहरु निको भएका छन्। यो संख्या अनुसार, चीनले अघि बढाएको रोकथामका उपायहरू सही र प्रभावकारी छन्, र महामारीको स्थिति समग्रमा नियन्त्रणमा आइरहेको छ।

फेब्रुअरी १५ तारिखका दिन विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अढानोम घेब्रेयससले जर्मनीको म्युनिक सुरक्षा सम्मेलनमा सम्बोधन गर्दै भन्नुभयो, 'महामारी नियन्त्रणमा लिन चीनले ठूलो प्रयास गरेको छ, यसले अन्तर्राष्ट्रिय समाजको सराहना पाउनुपर्दछ।'

वर्तमान महामारीमा विश्वका केही व्यक्ति वा समूहले चीनप्रति राम्रो प्रतिक्रिया दिएका छैनन् र चीनको अर्थतन्त्र असफल हुने निष्कर्ष निकालेका छन्। हालै रोयटर्ससँगको एउटा अन्तर्वार्तामा चीनका परराष्ट्र मन्त्री वाङ यीले चीन महामारी नियन्त्रणमा लिन विश्वस्त र क्षमतायुक्त रहेको बताउनुभयो।

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले व्यक्तिगत रूपमा निर्देशन दिँदै स्वयं तैनाथी गर्नुभएको छ। उहाँले चिनियाँ नयाँ वर्षको पहिलो दिनको बैठकको अध्यक्षता गर्नुभयो। राष्ट्राध्यक्ष सीको नेतृत्वमा महामारी प्रतिक्रियाका लागि नेतृत्व टोली गठन गरिएको छ। यसको महामारीपछि चिनियाँ सरकारले चाँडो भन्दा चाँडो नै देशभरि प्रणाली स्थापना गर्‍यो, राष्ट्रिय स्रोतहरू बनायो र महामारीको प्रतिक्रियामा सबैभन्दा निर्णायक र गहन उपायहरू परिचालन गर्यो।

महामारीको रोकथाम र नियन्त्रणमा अन्तर्राष्ट्रिय समाजले व्यापक रुपमा समर्थन दिएको छ। १६० वटा भन्दा बढी मुलुक र अन्तर्राष्ट्रिय समाजले चीनप्रति सहानुभूति व्यक्त गरेका छन्। दशौं मुलुकका सरकार र जनताहरुले चीनलाई मद्दत दिएका छन्।

परराष्ट्र मन्त्री वाङ यीले यस पटकको महामारी पछि चिनियाँ जनता झन् बढी बलियो र एकतावद्ध हुने दावी गर्दै चिनियाँ अर्थव्यवस्था अझ स्थिर र दिगो हुने दृढता व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु