पैचिङ्ग विश्व थिम पार्कको निर्माण क्रमशः पुनःशुरु भएको छ। सन्२०२१ मे महिना यस पार्क औपचारिक रुपमा खुला हुने अनुमान गरिएको छ। हाल पैचिङ्गमा आयोजित एक नयाँ कोरोना भाइरसको प्रतिरोध तथा नियन्त्रण काम सम्वद्ध प्रेस सम्मेलनमा पैचिङ्गको थुङ्ग चौ क्षेत्रका जिम्मेवार व्यक्तिले उक्त कुरा बताएका हुन्।
थाहा भएअनुसार पैचिङ्ग विश्व थिम पार्कसँग १६ परियोजना रहेका छन्। हालसम्म ९ परियोजनाको निर्माण पुनःशुरु भएको छ भने अरु ७ वटाको निर्माण क्रमशः शुरु हुने छ। कोरोना भाइरसको प्रतिरोध तथा नियन्त्रण राम्ररी गर्नका लागि पैचिङ्ग विश्व थिम पार्कले बाहिर फर्काएका व्यक्तिको स्वास्थ्य व्यवस्थापनलाई सबल पार्दै गएको आधारमा काम पुनः सुचारू गर्ने छ।